पाल्पा - पाल्पाको बगनासकालीमा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली-७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका कमल प्रसाद भट्टराई रहनुभएको छ ।
बुधबार बिहान ८ बजे घाँस काट्न घर नजिकैको रुखमा चढ्नुभएका भट्टराई एक्कासी रुखबाट खसेको प्रहरीले जनाएकाे छ ।
रुखबाट खसेर गम्भीर घाइते भएका भट्टराईको घटनास्थलमै मृत्यु भएको र हाल पोष्ट मार्टमका लागि शव तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको अस्पतालले जनाएकाे छ ।













