पाल्पा – तानसेन नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रीतिरिवाज, जात्रा, मेलापर्व, समाजसेवा लगायतका क्षेत्रमा योगदान दिने ३५ जना व्यक्तित्वहरूलाई सम्मान गरेकाे छ ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान/पुरस्कार अर्पण समारोहकाे उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको थियाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले तानसेन नगरपालिकाले तानसेनकाे भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रीतिरिवाज, जात्रा, मेलापर्व, समाजसेवा लगायतका क्षेत्रकाे प्रचार एवम प्रवर्द्वन गर्नका लागि १५ औ नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरि तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरिएको बताउनुभयाे । प्रतिष्ठानमा १७ सदस्यहरू रहेका छन । नगरपालिकाले अार्थिक बर्ष २०८०/८१ मा १५ लाख बजेट विनियोजन गरेको बताउनुभयो । नगर प्रज्ञा प्रतिष्ठानले नगरको बौद्धिक धरातललाई मजबुत बनाउन सहयोग गर्ने विश्वास नगरपालिकाले लिएकाे बताउनुभयो । प्रतिष्ठान मार्फत साहित्य,कला तथा सांस्कृतिक क्षेत्रमा संलग्न व्यक्तित्वहरूलाई निरन्तर प्रोत्साहित गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीले तानसेन नगर प्रज्ञा प्रतिष्ठानले तानसेनकाे भाषा,कला,सस्कृति संरक्षण र प्रवर्द्वन गर्न टेवा पुर्याउने बताउनुभयो । प्रज्ञा प्रतिष्ठानले समाज याेगदान पुर्याउनुभएका व्यक्तित्वहरूलाई कदर गरी प्रशंसनीय कार्य गरेको बताउनुभयो । त्यस्तै प्रतिष्ठानले भाषा,कला,साहित्यकाे क्षेत्रमा काम गरेका व्यक्तित्वलाई सम्मानित गराउने संस्कार र सस्कृतिकाे विकास गरेको बताउनुभयाे । प्रतिष्ठानले भाषा कला साहित्यको माध्यमबाट आगामी दिनमा नगरकाे विकास टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले तानसेन नगर प्रज्ञा प्रतिष्ठानले सम्मानित व्यक्तित्वहरूकाे योगदानको कदर गरि सम्मान गर्नु प्रशंसनीय कार्य रहेको बताउँदै जिल्लाका अन्य संघ–संस्थाहरूसँग प्रतिष्ठानले सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा तानसेन नगरपालिकाका उप–प्रमुख प्रतिक्षा सिङ्जाली, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरका कर्मचारीहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । सम्मानित व्यक्तित्वहरूलाई नगद, टीका, माला, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमकाे अवसरमा वृद्धसेवा पुरस्कार स्वरूप ६८ हजार रुपैयाँ राशीकाे पुरस्कार पाल्पाली ढाका उधाेगी पुर्ण माया महर्जनलाई प्रदान गरिने नगरपालिकाले जनाएको छ । तानसेन नगर प्रज्ञा प्रतिष्ठानका सदस्य अर्चना शाक्यले अतिथिहरूलाई स्वागत गर्दै प्रतिष्ठानले तानसेनको भाषा, कला र संस्कृतिमा योगदान दिने व्यक्तित्वहरूको पहिचानलाई उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रम प्रतिष्ठानका सभापति चोलेश्वर शर्माको अध्यक्षता,नगरपालिकाका याेजना शाखा प्रमुख दुर्गा थापा र तानसेन नगर प्रज्ञा प्रतिष्ठानका सदस्य शंकर गैरेकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।
कार्यक्रमको अवसरमा भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रीतिरिवाज, जात्रा, मेलापर्व, समाजसेवा लगायतका क्षेत्रमा योगदान दिने ३५ जना व्यक्तित्वहरूसाहित्यकार अजम्बरध्वज खाती, कलाकार तथा चित्रकार एवं साहित्यकार अशोकमान सिं, कृष उद्यमी केशव कार्की, ढाका उद्यमी हरिकृष्ण कार्की र गंगाराम नेपाल, शिक्षा तथा स्वास्थ्यसेवी गोपाल बहादुर पोखरेल, शिक्षा तथा समाजसेवी झमानसिं दर्लामी, शिक्षा तथा पर्यटनउद्यमी टुकबहादुर अर्घाली थापालाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाले सम्मान गरिएको छ ।
यसैगरी शिक्षाविद् तथा समाजसेवी देवप्रसाद बज्राचार्य, द्धारिकाप्रसाद शर्मा, बुद्धीप्रसाद शर्मा, राधाकृष्ण शर्मा, प्रा. डा. सावित्री कक्षपति, सुशीला श्रेष्ठलाई सम्मान तथा पुरस्कार दिइएको छ । त्यस्तै, साहित्यकार वनमाली निराकार, विजय सागर, राजेन्द्र गोपाल सिंह, डा. नारायणप्रसाद शर्मा गैरे, मन गहिरे, रजिउल्लाह खाँ स्वास्थ्यसेवी विश्वमान बज्राचार्य, डा. रचेल कारख, लोकमान शाक्य, पर्यटन उद्यमी सावित्रा भुसाल, धनिश्वर बस्याललाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । अभिनेता तथा चलचित्रकर्मी नायक धीरेन शाक्य, संगीतकर्मी तथा संस्कृतिविद् महेश देउराली, मदन देउराली, भरत देउराली पत्रकार मेघराज शर्मा, गायक कलाकर्मी मीना नेपाली (गैरे), धातुकला उद्यमी मंगलप्रसाद बज्राचार्य, प्रदीपकुमार बज्राचार्यलाई तानसेन नगरप्रमुख तथा नगर प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले नगद १० हजार, सम्मानपत्र, तक्मा, पाल्पाली ढाकाको दोसल्ला ओढाएर सम्मान गर्नु भएको हाे । कार्यक्रम तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षाका सिङजालीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो ।












