पाल्पा २७ फाल्गुण
पाल्पाको बगनासकाली ४ खानिछाप पुर्ण सरसफाइ वडा घोषणा भएको छ । खानिछाप वडा कार्यालयमा आयोजित एक समारोहमा गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले पुर्ण सरसफाइ वडा घोषणा गर्नु भएको हो । खानिछापलाइ पुर्ण सरसफाइ वडा घोषणा गर्दै गाउपालिका अध्यक्ष बस्यालले बगनासकालिमा आफुहरु निर्वाचित भएपछी बिकास निर्माणको साथ साथै स्वास्थ्य, शिक्षा र चेतना स्तर वृद्धिमा समेत काम गरेको जनाउदै बगनासकालिलाइ प्रदेशकै पहिलो बाल मैत्री गाउपालिका घोषणा स्मरण गर्दै बश्यालले कोरोना महामारिमा बगनासकाली जनताको सारथि बनेको बताउनु भयो । कार्यक्रममा बगनासकाली गाउपालिकाका उपाध्यक्ष सरस्वती चिदिले बिकेन्दृकरणको नीति अनुसार आफुहरुले काम गरेको बताउदै न्यायिक छेत्रमा समेत वडा वडामा सहजकर्ता परिचालन गरियेको बताउनु भयो । ४ सय ६९ घरधुरी रहेको खानिछापमा २ हजार ८ सय ४३ जनसंख्या रहेको छ ।
खानिछापमा पुर्ण सरसफाइ वडा घोषणा का लागि टोल समिती गठन, सुचकहरुको सचेतिकरण खानेपानी मुहानको सुद्द्ता, सरसफाइ समिती गठन तथा प्रतिवद्द्ता जस्ता कार्यहरु गरियेको वडा अध्यक्ष हुतमान सि दर्लामिले जानकारी दिनु भयो । वडा ले गरेका कामहरु नेपाल सरकारको सुचक मापनमा ९० बडि देखियेको बगनासकाली गाउपालिकाले जनायेको छ ।
पुर्ण सरसफाइ वडा घोषणा कार्यक्रममा बगनासकाली गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिश्नु घर्ती, गाउपालिकाका प्रवक्ता लक्ष्मि प्रसाद अधिकारी, विभिन्न बिद्ध्यालयका प्रधानाध्यापकहरु लगायतले शुभकामना मन्तब्य दिदै सरसफाइ एक पटक गरेर नसकिने बताउदै दिगो र निरन्तर गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बिभिन्न बिद्द्यालय, सामाजिक संघ सस्था लगायतलाइ सम्म्मान तथा मायको चिनो प्रदान गरियेको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक प्रतुतिहरु पनि राखियेको थियो ।













