

सपना बिपनालाई बोलाउदै उनको घरमा आउछिन, बिपना, ए बिपना कता छौ, तिमी कति भित्र भित्रै हराएको
तिम्रो घर धन्दा कहिल्यै सकिएन है।
बिपनाले जबाफ दिदै भन्छिन, हो सपना यस्तै छ मेरो दैनिकी सधै भ्याई नभ्याई, तिम्रो भन केछ खबर तिमीत निस्कन पनि भ्याउछेउ बा,कसरी म्यानेज गर्छेउ।
सपनाले उत्तर दिदै भन्छिन् ,हो बिपना म तिमी जस्तो घरकै कामलाई धेरै महत्त्व दिदिन क्या,यसो रमाइलो गर्ने ,साथीहरू भेट्ने आफूलाई पनि समय दिनुपर्छनी बिपना, बिपनाको जबाफ हुन्छ । सपना , घरको काम सबै मेरो जिम्मेवारी छ , उहाँलाई त अफिस जाइ आइ आफैलाई भ्याई नभ्याई हुन्छ । बच्चा स्कुल पठाउ ,खाना
खाजा,सरसफाई पुगेनत दिउस भरीको काम।
सपनाले जबाफ दिन्छिन् कामको पनि बाडफाड गरेर गर्नुपर्छनि बिपना केही कामत श्रीमान हरुपनि गर्न हुन्छ नि
बच्चा हरु पनि स्कुल बाट आएपछि खाजा आफै खान हुन्छ ,सधै कुरि बस्नु पनि हुदैन ।
बिपनाले जबाफ दिदै ,सपना कामको बाडफाड को त कुरा नगर उनिहरुलाई नै भ्याइ नभ्याइ हुन्छ ,खान पनि हतार हुन्छ , हरेक कुरा सबलाई हात हातमा पु¥याउनु पर्छ।
यस्ता कुरा कहिल्यै सकिदैन सपना बरु नयाँ केछ भनन।
सपना जबाफ दिदै भन्छिन् , ए साच्चै बिपना भोली नारी दिवस, कार्यक्रम गर्नि भनेकाछन साथीहरू जानुपर्छ है,
रमाइलो गर्ने यो कोभिडले गर्दा रमाइलो गर्न नपाएको धेरै भयो । यो पालि बिपना ,नारी दिवस मज्जाले
रमाइलो गर्नुपर्छहै। यसैबीच बिपनाको श्रीमानको फोन आउछ, हेलो बिपना म आज घरमा आउदिन है , भोली नारी दिवस मनाउन साथीहरूले आजै अफिसबाट बाहिर गई कार्यक्रम राख्ने भनेकाछन। तिमी छोरा, छोरी, घर राम्रो गरि हेरेर बस है, आज र भोली यतै कार्यक्रम छ। घर छोडेर कतै नगए।
उफ देख्यौ सपना मेरो नारी दिवस , नारी दिवस हैन, मेरो लागि नारी बिवस हो र नारी मजदुर दिवस हो ।
सपना छक्क पर्दै भन्छिन् उफ हामी नारीको जिन्दगी ।
-समाप्त-
शोभा आचार्य गौतम