पाल्पा २७ फाल्गुण
बगनासकाली ४ खानिछापको वडा कार्यालय भवनको उद्घाटन भयेको छ । गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले एक कार्यक्रमका विच वडा कार्यालय भवनको उद्घाटन गर्नु भएको हो । वडा भवनको उद्घाटन गर्दै अध्यक्ष बश्यालले बगनासकालिमा आफुहरु निर्वाचित भयेपछी गाउपालिकाले बिकासमा फड्को मारेको बताउनु भयो । बश्यालले गाउपालिकामा सबै वडा भवनहरु र सबै स्वास्थ्य चौकी भवन निर्माण गरियेको उल्लेख गर्दै जनतालाई छिटो र छरितो सेवा दिनमा आफ्नो नेतृत्व ले कुनै कसुर बाकी नराखेको बताउनु भयो । वडा भवनको उद्घाटन समारोहमा बोल्दै गाउँ पालिका उपाध्यक्ष सरस्वती चिदिले बिकास निर्माणमा बगनासकालिले गरेको योगदान महत्वपूर्ण भएको बताउदै आफुहरु सरकारमा रहदा र नरहदा पनि जनताको साथमै रहने बताउनु भयो । गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिश्नु घर्तिले बगनासकालिमा प्रशासनिक सेवामा सुधार आयेको बताउदै सबै वडाहरुलाइ स्तरिय भवन र सुबिधा सम्पन्न प्रबिधिको प्रयोग गरि सेवालाइ जनमैत्री गरायेको बताउनु भयो । बिगत ५ बर्शदेखी बिधालय को साघुरो कोठामा सन्चालन हुँदै आयेको वडा भवन निर्माण ले यश वडाका नागरिकहरुलाइ फाइदा पुर्याएको छ । बगनासकाली गाउपालिकाको २० लाख र खानिछाप वडाको १५ लाख गरि ३५ लाखको लागतमा वडा भवन निर्माण सम्पन्न भयेको भवन निर्माण समितिका सम्योजक हिरा बहादुर गाहाले जानकारी दिनु भयो । बगनासकालिका ९ वटा वडाहरु मध्य सबै भन्दा दुर्गम मानियेको खानिछापमा ५ बर्शको अवधिमा बिकासले कोल्टे फेरेको वडा अध्यक्ष हुतमान सि दर्लामिले बताउनु भयो । दर्लामिले आफू निर्वाचित भएपछी मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन तथा झोलुङे पुल समेत निर्माण गरि जनताको जिबनस्तर सुधार्न पहल गरेको बताउनु भयो ।













