पोखरा, पोखरामा हुने विराट ज्ञान महायज्ञ तथा कोटीहोम आयोजना गर्नका लागि नेपाल ट्रष्टले आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि जग्गा उपलब्ध गराएको छ।
पोखरामा आईतबार भएको पत्रकार सम्मेलनमा धर्मको लागि लड्न तयार रहेको भन्दै कृष्णमूर्तिजी महाराजले आगामी वैशाख १७ गतेदेखि लेक साइडस्थित बाराहीघाटमा कोटीहोम गरिने बताउनुभयो । महायज्ञमा होमन हुने भएकाले केही समिदा रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने समेत महाराजले बताउनुभयो ।
प्रदुषण हुने भन्दै पोखरा महानगरपालिकाले अनुमति नदिएपछि महाराजले पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा नफर्किने बताउनुभएको छ । पोखरामा हुने महायज्ञमा वातावरण प्रदूषण नहुने दाबी गर्दै महाराजले “महायज्ञस्थलको हल भित्रबाट बाहिर आवाज ननिस्किने समेत जिकिर गर्नुभयो। कोटीहोम आयोजना गर्नका लागि नेपाल ट्रस्ट्ले धर्मको लागि लड्न तयार रहेको भन्दै २६ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि जग्गा उपलब्ध गराएको छ।
कोटिहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, चर्चित श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सरवी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता श्री देवी प्रतिभा, वाचन प्रवीण श्री दीनवन्धु पोखरेल, भागवत मञ्जरी राधिका दासी माता, प्रवक्तादेवी सुप्रिया, शंकराचार्य, जगत् गुरु, साधु, सन्त, महन्तलगायत विश्व प्रसिद्ध कथा वाचकर वाचिकाहरुबाट आशिर्वचन हुने जानकारी दिनुभयो ।
महानगरपालिका कार्यालयले भने महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ ।
कोटिहोमका लागि काटेर बनाइएको समिदा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिइसकेको छ। ती समिदा आयोजकले लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेर राखेको अवस्थामा महानगरले नियन्त्रणमा लिएको हो। पोखरा महानगरपालिकाले महायज्ञमा अवरोधले धार्मिक आस्थाका बिच द्वन्द्व निम्त्याउन सक्ने साथै जन्ताको धार्मिक स्वतन्त्रतामाथि महानगरपालिकाले हनन गरेको मानव सेवा फाउण्डेसन नेपालले जनाएको छ ।












