बिकाश काफ्ले।
पाल्पाको माथागढी गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकले बिद्यालय आयुर्वेद तथा योग शिक्षा पाएका छन् ।
माथागढी गाउँपालिकाको आयुर्वेद शाखा चिदीपानी आयुर्वेद औषधालयको आयोजनामा माथागढी गाउँपालिकाको सातपोखरीमा माघ २१ देखि सुरू भएको ५ दिने तालिम आज शुक्रबार समापन भएको हो।
गाउँपालिका भित्रका ८ माध्यमिक र आधारभूत बिद्यालयका २८ जना शिक्षकहरुको सहभागीता रहेको थियो।समापन कार्यक्रममा बोल्दै सहभागी सातपोखारी माध्यमिक बिद्यालयका बिन्दु अधिकारी र सिद्धान्त माध्यमिक बिद्यालयका अमृत अधिकारीले आयुर्वेद औषधी र योग शिक्षाका बारेमा कक्षामै जानकारी गराउन सकिने भएता पनि स्थानीय सरकार यसलाई स्थानीय पाठ्यक्रममा समाबेश गरेर बिद्यार्थीलाई सिकाइ सहज हुने बताउनुभयो।
शिक्षा शाखा प्रमुख प्रकाश पाठकले यो पद्धति पूर्विय दर्शनमा आधारित रहेको बताउदै मानिस स्वस्थ रहनको लागी अपनाउनु पर्ने सवै उपायहरुको वर्णन गरिएको र पश्चिमी सभ्यताको शुरुवात सँगसँगै यो चिकित्सा पद्धति आझेलमा परेको बताउनुभयो । प्रशिक्षक एवम् औषधालय प्रमुख डाक्टर श्रिधर अधिकारीले औषधालय मार्फत सेवा लिन सेवा ग्राहिहरुको आकर्षण बढ्दै गएको स्थानीय जडिवुटीको संरक्षण एवम् औषधी उपचारमा प्रयोग गर्न चेतना फैलाउने र तालिम लिएका शिक्षकहरुले नियमित बिद्यार्थीलाई आयुर्वेद शिक्षा र योग गराई रिपोर्टिङ गर्नु हुन आग्रह गर्नु भयो
तालिम समापनका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आर्युवेद सेवा र आर्युवेद शिक्षालाई पालिकाले पनि महत्व दिँदै कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । आफुले पनि दैनिक योग गर्ने गरेको र शरीर स्वस्थ राख्न मद्धत पुगेको बताउदै पछिल्लोसमय योग र आर्युवेदतर्फ धेरै मानिसहरुको आकर्षण बढेको अध्यक्ष चिदीको भनाई छ ।
बिकाश काफ्लेले सञ्चालन गरेको कार्यक्रम माथागढी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष युव ब ठाडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।तालिमको सहजिकरण पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र बैद्य निरिक्षक यज्ञ प्र गैरे र चिदीपानी आयुर्वेद औषधालय बैद्य निरिक्षक अमृत भण्डारी गर्नु भएको थियो ।












