पूर्वखोला पाल्पा-
सुर्तीजन्य पदार्थ ऐन पारित गर्दै पुर्वखाेला गाउँपालिकाकाे १६ औं गाउसभा सम्पन्न भएको छ।
गाउपालिकाका प्रवक्ता तथा सुर्तीजन्य पदार्थ ऐनका संयाेजक मेहर सिं थापाले प्रस्तुत गर्नु भएको ऐनमाथि छलफल गरि पुर्वखाेला गाउँपालिकाकाे सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन परित गरेको हाे।
गाउँसभाका सचिव प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिकाे विभिन्न शाखाकाबाट सम्पादन गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १८ लाख ४२ हजार २ सय ८८ रुपिया राजस्व संकलन गरेको विकास निर्माणका याेजनाहरु मध्य २० प्रतिशत सम्झौता भएको ९ प्रतिशत भुक्तानी भएको र पुजिगत खर्चकाे १५ प्रतिशत चालू तर्फ ३३ प्रतिशत गरि जम्मा २९ प्रतिशत खर्च भएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईलेले वडा स्तरबाट र गाउँपालिकाकाट कार्यनयन हुने याेजनाकाे नाम संशोधन रकमान्तर थप याेजना र बजेट बारे प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको छ।
गाउँसभामा प्रस्तुत भएको ऐन , प्रगति प्रतिवेदन , याेजना संशोधन तथा रकमान्तर थप याेजना र सार्वजनिक महत्त्व समसामयिक विषय माथि गाउँसभाका सदस्य भुवन सिंजालि , समुन्द्रा भारति , बासुदेव न्याैपाने , यम बहादुर सारु , चन्द सिं वरमेलि लगाएतले सल्लाह सुझाव जिज्ञासा राख्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउसभामा उठेका जिज्ञासामाथि संबाेधन र सहजिकरण गर्नु हुदै गाउँपालिकाबाट पारित गरेका नीति कानुनहरु कार्यनयन गर्दै जनालाई सचेत गराउन, विकास निर्माणहरु चाडाे सक्काउन , र नियमित रुपमा रहेक क्षेत्रकाे अनुगमन निगरानी गर्न गाउसभाका सदस्यहरुलाइ निर्देशन गर्नु हुदै गाउसभा समापन गर्नु भएको थियो ।












