२२ फाल्गुन २०७८,
पाल्पाकाे तानसेन-८, भालेबासमा सवारी दुर्घटना हुँदा एक जना युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका-२, खहरे बस्ने २७ वर्षका ऋषिकेश सारू रहनुभएकाे छ । आइतबार दिउँशाे बुटवलबाट पाल्पातर्फ आइरहेकाे लु २ ख ८३५ नम्बरकाे बसले पाल्पाबाट बुटवलतर्फ गइरहेकाे लु ७७ प २२०२ नम्बरकाे स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक सारू गम्भीर घाइते हुनुभएकाे थियाे ।
घाइतेको उपचारको क्रममा तानसेनको प्रभास स्थित लुम्विनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरि कार्यालय पाल्पाका सुचना अधिकारी (प्र.नि) लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । घटना पछि बस र बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।













