
बिकाश काफ्ले माघ २२ पाल्पा-
चिदीपानी आयुर्वेद औषधालयको आयोजनामा बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम माथागढी गाउँपालीका ६ सातपोखरी माध्यमिक बिद्यालयमा समुदघाटन भएको छ।
चिदिपानी आयुर्वेद औषधालयका डा : श्रीधर अधिकारीको अध्यक्षता वार्ड अध्यक्ष युव बहादुर ठाडाको प्रमुख आतिथ्यता ,वार्डका जनप्रतिनिधिहरु, बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको आतिथ्यतामा कार्यक्रम गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि युव बहादुर ठाडाले योगले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यमा निकै ठुलो महत्वपूर्ण भुमिका खेल्दछ साथै योगासनले मानसिक र अध्यात्मिक बिकास एवं ब्यतित्व बिकास समेत हुने बताउनुभयो ।
कार्यक्रममा माध्यमिक बिद्यालय र आधारभूत बिद्यालय अन्तर्गतका ८ बिद्यालयबाट २५ जना शिक्षक शिक्षिका को सहभागी रहेको छ ।यज्ञ प्रसाद गैरेको स्वागत मन्तब्य रहेको कार्यक्रममा श्री धर अधिकारी र पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका बैद्य निरिक्षक यज्ञ प्रसाद गैरेले प्रशिक्षण साथै कार्यक्रमको सन्चालन बिकास काफ्लेले गर्नुभएको हो।

