पाल्पा-
पाल्पाको तानसेन बजारदेखि करिव ५ कि. मि. उत्तरको बगनास डाँडाको कोटघर देवीथानमा ७० फिट उचाइ रहेको पोलमा ५० फिट अग्लो राष्ट्रिय झण्डा फहराएको छ । जुन झण्डा लुम्बिनी प्रदेशकै ठूलो र अग्लो भण्डाकोरुपमा परिचित छ।
यस गाउँपालिकामा रहेका धार्मिक¸ ऐतिहासिक¸ पर्यटकीय तथा महत्वपूर्ण स्थल– बगनास देविस्थान¸ दर्लम महाकाली¸ महामृत्युन्जय शिवासन¸ सिद्द गुफा मन्दिर¸ रामनदी (राम्दी) धाम¸ मालारानी¸ रानीमहल क्षेत्र¸ ऋषिकेषेश्वर मन्दिर¸ बौद्द गुम्वा¸ माडी फाँट¸ सिद्दबाबा मन्दिर¸ भगवती मन्दिर¸ शिवालय मन्दिर¸ कालिका मन्दिर¸ चेचीकोट मन्दिर¸ आर्यभञ्ज्याङ्ग¸ चिलाङ्दी भञ्ज्याङ्ग¸ झिरभञ्ज्याङ्ग¸ तिनछाँगा¸ चमेरे गुफा¸ गुडुवाखोला आदि ठाउँहरु प्रशिद्ध रहेका र ति सबै ठाउँको अबलोकन बगनास देविस्थानबाट देख्न सकिन्छ् ।
गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो । यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ ।
गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बगनासकालीको पर्यटकिय बिकासमा सहयोगी हुने बताईन् । उनले यस स्थानमा प्राचिन समयमा भुरे राजाहरुले शासन गरेको हुँदा ऐतिहासिक महत्व रहेकोसाथै गाउँपालिकाको करिव सबै स्थानबाट यो कोटघर डाँडामा रहेको झण्डा देखिने, जसले राष्ट्रिय भावनाको बिकास गराउने बताईन । राष्ट्रिय झण्डाको स्थापनाले बगनासकाली गाउँपालिकाको गौरव बढेको कारण यस ठाउँको पर्यटकिय बिकास हुने उनी बताउछिन ।










