पाल्पा- स्थानीय निजामती सेवाको गठन,सन्चालन,सेवा शर्त ब्यवस्था बिधेयक लुम्बिनी प्रदेश सभाबाट प्रमाणिकरण भएको छ।
गत पौष १७ गते प्रदेश सभाबाट पारित भएको बिधेयक पौष २९ गते प्रदेश सभाका प्रदेश प्रमुख माननीय श्री कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको हो।












