पाल्पा।
उत्तर हेर्छु काली छन् सलल दक्षिण हेर्छु माडीफाँट झलल काली नदी नदी तिरैमा सानो मेरो गाउँछ माथि बगनासकाली तल दर्लमकाली यती सुन्दर जन्मथलो भन कस्ले पाउँछ ?
कलाकार कमल भट्टराईको नयाँ लोक गीत ‘सुन्दर जन्मथलो बगनासकाली’ सोमबार सार्वजनिक भएको छ । पाल्पा बगनासकालीमा जन्मी हुर्की बगनासकालीलाई नै कर्मथलो बनाएका भट्टराईले बगसनासकाली गाउँसरकारका जनप्रतिनिधिको रोहबरमा गीत सार्वजनिक गरेका हुन् ।
गीत सार्वजनिक सभामा बोल्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले भट्टराईले गाउँपालिकाको समग्र पक्षलाई समेटेर गीतमार्फत सन्देश फैलाउनुका साथै गाउँपालिकाको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि विशेष योगदान पु¥याएको बताउनुभयो । उपाध्यक्ष हरिप्रसाद पाठकले भाषा, कला र साहित्यसँग गाउँपालिकाको विभिन्न महत्त्वपूर्ण क्षेत्रलाई गीतमार्फत उजागर गरिएको भन्दै गाउँपालिकाले भाषा, कला, साहित्य र संगीतको क्षेत्रमा स्रष्टाहरूसँगसँगै हातेमालो गरेर अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाल्पा समाचारपत्र साप्ताहिकका सम्पादक यज्ञमूर्ति तिमिल्सिनाले भट्टराईको गीत गाउँपालिसकाको साझा सम्पत्ती भएकोले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।
बगनासकाली क्षेत्रको भाषा, कला संस्कृति र पर्यापर्यटकीय क्षेत्रको दृश्य समाहित भट्टराईको गीत सोमबारदेखि नै युट्युवमा समेत सार्वजनिक भएको छ । सुन्दर जन्मथलो बगनासकाली लोकगीतमा स्वर कमल भट्टराई र रुपा नेपालीको रहेको छ । गीतको लय÷शब्द तथा निर्देशन समेत भट्टराईले गर्नुभएको छ । गीतको छायाँकन तथा सम्पादन पत्रकार सुमन कार्कीले गर्नुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको अध्यक्ष समेत रहेका गायक कमल भट्टराईकै अध्यक्षता र प्रतिष्ठानका सदस्य जनकराज भट्टराईको स्वागत र पवन बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।














