पाल्पा-
पाल्पाको तानसेन नगरपालिकाले अन्तराष्ट्रिय आप्रवासन दिवस मनाईएको छ ।
“सुरक्षित आप्रवासनको आधार,सूचना र सीप सहितको रोजगार” नारा सहित सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुसगँ अन्र्तकृया कार्यक्रम गरेर बुधबार दिवश मनाएको हो।
अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीको परिवेश, वैदेशिक रोजगार सम्वन्धि नीतिगत व्यवस्था,सामी कार्यक्रमवारे जानकारी, सुरक्षित वैदेशिक रोजगारीका लागी सरोकारवालहरुको भुमिकाका बारेमा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रम तानसेन नगर पालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आप्रवासी कामदार तथा उनीहरुका परिवारका सदस्यले बिभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख सिंजालीले बिदेश गएका कामदारको अधिकार र सेवा सुविधा सुनिश्चित हुनु पर्ने बताउनु भयो । उहाले बिदेशी कामदार शोषण मुक्त , ब्यवस्थित र सुरक्षित बन्नु पर्ने अधिकार संविधानमै उल्लेख भएको बताउदै यस्ता अधिकार शुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो । उहाले नगरले युवालाई स्थानीय स्तरमै रोजगार मुलक बनाउन बिभिन्न कार्यक्रम संचालन गरीरहेकोे समेत बताउनुभयो ।
कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले नेपाली श्रमीक बिदेश जानै पर्ने भए सीप सिकेर दक्ष भएर मात्र जानु पर्ने बताउनु भयो । उहाले नगरपालिकाले बैदेशिक रोजगारीको तथ्याकं संकलन गरि आगामी योजना बनाउने बताउनु भयो ।
सामाजिक बिकास समितिका संयोजक प्रदिप खनालले बैदेशिक रोजगारीबाट आएको रकम दैनिक घर खर्चमा बढि खर्च गर्ने देखिएकोले समुदाय लक्षित कार्यक्रमा वित्तिय साक्षरता लाई जोडेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी लगायत सरोकारवालको सहभागीता रहेको थियो । तानसेन नगरपालिकाले सामी परियोजनाको सहयोगमा आप्रवासन कामदारको हक हितका क्षेत्रमा काम गर्दै आएको छ ।
नगरमा सामीको सहयोगमा श्रम सहजीकरणका काम समेत गरीदै आएको छ । सामि परियोजनाले बैदेशिक रोजगारीबाट फर्कीएकालाई ब्यवसायीक बनाउन बिभिन्न तालिम संचालन गर्दै आएको छ । दिवसको अवसरमा आप्रवासी कामदारका समस्या लगायतका बिषयमा समेत खुल्ला छलफल भएको थियो ।
हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइन्छ ।













