पुष ५, काठमाडौं ।
चलचित्र क्षेत्रमा उदयमान पाल्पालि निर्माता ,कलाकार एवं युवा तथा मेडिकल ब्यवसायि प्रकाश ज्ञवालि अभिनित चलचित्र द्रौपति प्रदर्सनमा आउने भएको छ।चलचित्र क्षेत्रमा चैत ८ गतेदेखि विश्वभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द्रौपदी’को लुक्स सार्वजनिक भएको हो । पटकथा लेखक तथा निर्देशक ऋषिराज आचार्यले कलाकारलाई समेटेर फिल्मका दुई पोस्टर सार्बजनिक गरेका छन् ।
सो मितिमा फिल्म नेपालसहित अमेरिका र अष्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ । ‘ती मुलुकमा रिलिज डेट टुंग्याउने तयारीमा रहेको निर्माता ज्ञवालि र आचार्य बताउछ्न
आरबी मूभिजको ब्यानरमा निर्माण भएको मौलिक कथावस्तुको फिल्ममा रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी र आचार्यले अभिनय गरेका छन् ।
ओडले संगीत दिएका छन् । निर्मातामा आचार्य र ज्ञवाली छन् । सौरभ शर्माको पाश्र्वसंगीत छ । अनिल महर्जनको सम्पादन, विजय आचार्यको कला, मोहन झिल्लुको छायांकन छ ।
फिल्मलाई डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे–फोक्सुण्डो लगायतका थलोमा खिचिएको छ । निर्देशक आचार्यले दुर्गम थलोको पर्यटन प्रवद्र्वनमा पनि फिल्मले भूमिका खेल्ने बताए भने निर्माता प्रकाश ज्ञवालिले चलचित्रमा गाउले परिबेसमा डोल्पा जस्तो पर्यटनको परिवेश र प्राकृतिक सौन्दर्यले सजिएको दृश्य छ्न म चलचित्रमा अभिनय गर्दा मत्रमुग्ध भएको थिए ।आसा छ स्वदेशमा र बिदेश मा हेर्ने भगवान् रुपि दर्शकले मन पराउनुहुनेछ।













