पुष ५, पाल्पा
पाल्पाको रिब्दिकोट गाउँपालिकाले किसानलाई कार्ड बितरण गरेको छ। रिब्दिकोट गाउँपालिका अन्तर्गतका स्थानीय वासिन्दा जो कृषिमा कर्म गर्ने किसानहरूको अवस्था ,उत्पादन ,अनुदान,स्थानीय तहसङ्ग कृषकको अन्तरसम्बन्ध लगायतका विषयलाई केन्द्रित गर्दै गाउँपालिकाले किसान कार्ड बितरण गर्दै आएको हो ।
पालिका अन्तर्गतका ८ वार्डमा बितरण गरिने किसान कार्ड हिजो गाउँपालिकामा खस्यौलि ३ न वार्ड्का ६६ जना किसानलाई बितरण गरिएको हो। वार्ड न ३ का वार्ड अध्यक्ष नारायण बहादुर के.सि को अध्यक्षता,प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलको प्रमुख आतिथ्यता, वार्ड न ७ का वार्ड अध्यक्ष दान बहादुर कुवर, वार्ड न ३ का कर्मचारी ,स्थानिय लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
अहिलेसम्म गाउँपालिका वार्ड न ३ अन्तर्गत रहेका टोलमा २५९ जना स्थानिय कृषकलाइ किसान कार्ड बितरण गरिएको गणेश आचार्यले जानकारि दिए। अन्य बाकि वार्डमा क्रमशः बितरण गरिने लेखनाथ पोखरेलले जानकारि दिनुभयो साथै किसान कार्डले किसानको वास्तविक पहिचान,किसानको अवस्था थाहा हुने र कृषिबाटै रिब्दिकोट्को बिकास हुने बताउनुभयो । किसानलाई स्थानीय तहदेखि पाउने सुबिधा ,प्राबिधिक सङ्ग स्थानीयको निकटता, असल किसानको पहिचान र अवस्थाबारे थाहा पाउन साथै किसानको स्तरमा उन्नतिलगायतमा कार्ड्ले महत्वपूर्ण भुमिका खेल्ने वार्ड न ३ का अध्यक्ष नारायण केसिले बताउनुभयो ।
रिब्दिकोट गाउँपालिकाले बितरण गरिएको किसान् कार्ड्ले वास्तविक किसानको पहिचान भने रहनेछ।













