पाल्पा।
संविधान दिवसको अवसरमा बगनासकाली गाउँ पालिकाको बगनासडाडामा नेपालकै अग्लो राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । बगनासकाली गाउपालिकाको वडा न ९ काे बगनासडाडाकाे काेटघरमा पालिका प्रमुख सरस्वती चिदि द्वारा संविधान दिवसको अवसरमा झन्डोत्तोलन गरिएको हो ।
२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारी संविधान दिवस मनाएको चिदिले बताउनुभयो । ७० फिट अग्लो पोलमा ५० फिट अग्लो राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाएको छ।
झण्डा फहराउदै पालिका प्रमुख चिदिले नेपाल सरकारले जारी गरेको संविधानको अधिनमा रही सबले काम गर्नु पर्ने बताउनुभयो । स्थानीय तहबाट प्रदान गरिने सेवा र सुविधामा सम्पूर्ण नागरिकको समान हक प्रदान गरिरहेको बताउदै संविधानले सबैको हकहित सुनिश्चित समेत गरेको उहाँको भनाइ थियो।
सोहि अबसर पारी गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ। अन्तरक्रिया कार्यक्रम मा स्वागत गर्दै प्रवक्ता टीका बहादुर थापाले संविधानकाे रक्षाका लागि सबै एकजुट भएर लाग्न सबैलाई आग्रह गर्नुभयो।
पालिका उपाध्यक्ष हरि प्रसाद पाठकले असल अभ्यास लाई असल र खराब तथा वेथिति बिसंगतिलाई खबरदारी गर्ने अधिकार संविधानले दिएको जानकारी गराउदै आबस्यकताका आधारमा जनभावना अनुसार संसाेधन गर्दै जान सकिने बताउनुभयो ।
नेपाल पत्रकार महासँघ पाल्पा शाखाका सचिब यज्ञमुर्ति तिमिल्सिना, बगनासकाली ९ का वडा अध्यक्ष ठानेस्वर तिमिल्सिना, जसपाका खिक बहादुर रेस्मि,रा प्र पा का कपिल ढुङगाना, नेकपा माओवादी केन्द्रका खुमबहादुर बि क, नेकपा एमाले बगनासकाली गाउँ कमिटी अध्यक्ष डेन्जिङ्ग रायमाझी, नेपाली काँग्रेस का यमलाल तिमिल्सिना लगायत वक्ताले संविधान का बारेमा प्रस्ट पार्दै बर्तमान संविधान आवस्यक्ताका आधारमा परिवर्तनसिल रहेको बिचार राखेका थिए ।जनताका सुझाबहरु समेटि अगाडि जानु पर्नेमा जाेड दिए । संविधान रक्षाका लागि आ आफ्नो क्षेत्र बाट सबै क्रियाशिल रहनुपर्ने बताएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत खेमराज छिनालले राज्य सत्ता जनतामा निहित गरेको हुदाँ यसकाे पुर्ण रुपमा पालना गर्न अनुरोध गर्नुभयो। गाउँ पालिकाका अध्यक्ष सरस्वती चिदीकाे अध्यक्षता र प्रशासन शाखा प्रमुख सुजन घिमिरेकाे संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।













