पाल्पा।
६० औ बालदिवसका अवसरमा बगनासकाली गाउँपालिकाद्वारा पालिका भित्रका अभिभावक विहिन बालबालिकालाई आज शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।सोही अवसरमा अभिभावक विहिन बालबालिकालाई रेखदेख गर्दै आउनुभएका अभिभावक,पालिकाका जनप्रतिनिधि र बालबालिका बिच अन्तर्कृया कार्यक्रम समेत गरेको छ।
अहिले पालिकाभित्र १२ जना अभिभावक विहिन बालबालिका रहेको बगनासकाली गाउँ पालिकाका बालमैत्री फोकल प्रशन नारायण तिमिल्सेनाले जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा पालिकाका अध्यक्ष सरस्वती चिदिले बगनासकाली गाउँ पालिका भित्रका कुनै पनि बालबालिका अभिभावक नभएकै कारण शिक्षा स्वास्थ लगायत अत्यावश्यक सेवा सुबिधाबाट कोहि बन्चित नभएको बताउनुभयो ।उहाले पालिकाभित्रका अभिभावक विहिन प्रत्येक बालबालिकालाई मासिक एक हजार रुपैया भत्ता उपलब्ध गराउदै आएको समेत बताउनुभयो ।कार्यक्रममा पालिकाका उपाध्यक्ष हरि प्रशाद पाठकले पालिकाभित्रका बालबालिकालाई जेजस्तो समस्या परे पनि शैक्षिक सामग्री होस वा पालिकाको सहयोग आवस्यक परे जुनसुकै बेला पालिकाका जनप्रतिनिधि,विद्यालयका शिक्षक तथा आफ्नो टोलमा रहेका बालक्लबका प्रतिनिधिमार्फत जानकारी गराउन अनुरोध गर्दै आवस्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा अभिभावक बिहिन बालिका सोनिया खाम्चाले पालिकाले बेलाबेलामा दिने शैक्षिक सामग्री र मासिक भत्ताले पढाईलाई सहयोग पुगेको बताउनुभयो। निमित्त प्रशासकिय प्रमुख गुनाराम खनाल पालिकालाइ सोही अवसरमा नै पालिकास्तरीय बालसन्जालका अध्यक्ष सचिन न्यौपाने उपाध्यक्ष र निस्मा बस्याल पालिकाको अध्यक्षको भुमिकामा रहेर पालिकाले बालबालिकाका लागि गर्नुपर्ने,गरिरहेका कामका बारेमा बताएका थिए। ग्राम्य माध्यमिक विद्यालयका प्रधानाध्यापक दयाराज कंडेलले पालिकाभित्र तथा आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाका बारेमा बताउदै अधिकासं अभिभावक विहिन बालबालिका शैक्षिक क्षेत्र, बालश्रम मात्र नभइ पोषणको अभावमा बालबालिका कमजोर हुदै गएकोले यसतर्फ पालिकाले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचीव यज्ञमुर्ति तिमिल्सिनाले पुर्ण बालमैत्री घोषणा गरेको बगनासकाली गाउपालिकाका बालबालिका कुनै क्षेत्रबाट पनि कमजोर हुन नहुने बताउनुभयो । उहाले बगनासकाली गाउँपालिका मा बालबालिकाका लागि फिजियो थेरापी केन्द्र खोल्न सुझाव समेत दिनुभयो ।
बगनासकाली गाउँपालिकाले हिजो शुक्रबार पालिकाका ६ ठाँउमा विभिन्न विद्यालयका विद्यार्थीको सहभागितामा वक्तृत्वकला,हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको थियो ।कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,पालिकाका जनप्रतिनिधि ,बालक्लबका पदाधिकारी तथा सदस्य ,पत्रकार लगायतको सहभागिता रहेको थियो।













