रुपा थापा, पाल्पा
मुक्तिनाथ बिकास बैकले रैनदेवी छहरा गाउँपालिकामा कृषि सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षक कार्यक्रम गरेको छ ।
रेनादेवी छहरा गाउँपालिकाको सहकार्यमा न्यु भण्डारी एग्रोभेट सेन्टर पाल्पा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंकको समन्वयमा कार्यक्रम गरिएको थियो। प्रमुख अतिथि एवं रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले गाउपालिका ले कृषिलाई पहिलो प्राथमिकता दिएको भन्दै नयाँ प्रविधिको प्रयोगले कृषि उब्जनिमा मद्दत पुग्ने बिश्वास व्यक्त गर्नु भयो। उहाँले कृषकहरुका समस्या हल गर्दै आधुनिक प्रबिधिलाई कृषक माझ जोडन पर्ने आवस्यकता औल्याउँनु भ्यो । आउने दिनहरूमा कृषि कम्पनीसँग साझेदारी गरी यस्ता कार्यक्रम गर्ने र कृषक माझ ल्याउने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
विशिष्ट अतिथि रैनादेवी छहरा गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष गोविन्द बहादुर रायमाझी ले वडाले अबका दिनहरूमा कृषिमा लगानि लगाउने बाताबरण सिर्जना गर्ने बताउनु भयो । बाख्रा पालन, तरकारी खेती लगायतमा युवाहरूलाइ आबद्ध गराउन आवस्यक रहेको बताउनु भयो । स्वदेशमै बसेर रोजगार गर्नु पर्ने पनि उहाँको भनाइ थियो ।
कार्यक्रमको स्वागत मन्तव्य न्यू भण्डारी एग्रो भेट सेन्टरका सञ्चालक माधब भण्डारीले गर्नुभएको थियो भने व्यवसायिक विकास अधिकृत शम्भु पन्थीको अध्यक्षतामा कार्यक्रम भएको थियो।













