
रूपा थापा पाल्पा ।
नेपाल प्रज्ञा-प्रतिष्ठान तथा नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाद्वारा ऐतिहासिक धरोहर रानी घाटको रानी महलमा कवितावाचन कार्यक्रम गरिएको छ । कार्यक्रममा दर्जन बढी कविहरुले कविता बाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य प्राज्ञ बाबा बस्नेतले साहित्यलाई पर्यटन सङ जोडेर व्यापक बनाउनु पर्ने आवस्यकता औल्याउँदै ऐतिहासिक स्थल रानीमहलको अझै ब्यापक प्रचार र अध्यनमा जोड दिनु भयो । प्रज्ञा प्रतिष्ठानले पहिलो पटक जिल्ला सङ समन्वय गरि कार्यक्रमको आयोजना गरिएको बताउदै कविता बिधाको उत्थान र बिकासका लागि सम्पुर्ण साहित्यिक सर्जकहरु लाग्नु पर्ने कुरामा पनि उहाले जोड दिनु भयो। बिशिस्ट अतिथि साहित्यकार सन्ध्या पहारीले पाल्पा साहित्यमा उर्वर रहेको बताउँदै आफ्नै गौरव बोकेको यो सुन्दर पर्यटकीय स्थल रानीमहलमा फेरि फेरि पनि यस्तै कार्यक्रमहरु लिएर आउने प्रतिबद्धता जाहेर गर्नु भयो। प्रगतिशील लेखक संघका अध्यक्ष राम प्रसाद अर्यालले प्रज्ञाले पाल्पामा समन्वय गरि कार्यक्रमको अवसर दिएकोमा आयोजक लाई धन्यवाद दिनु भयो। नारी साहित्य प्रतिस्ठान काठमाडौका अध्यक्ष गिता कार्कीले नारीका संस्थाहरु बिच समन्वय गरि रचनात्मक कार्य गर्दै जाने बताउनु भयो । नारी उन्न्यन बिकास प्रतिष्ठानकि पुर्ब अध्यक्ष लछिमा ज्ञावलीले साहित्य र पर्यटन प्रवर्धनलाई समेत जोडेर आगामी कार्यक्रम ल्याइनु पर्ने बताउनु भयो ।
साहित्यकारहरु प्रगतिशिल लेखक संघका अध्यक्ष राम प्रसाद अर्याल , नारी उन्न्यन बिकास प्रतिस्ठानकि संरक्षक पुर्ब अध्यक्ष लछिमा ज्ञवाली,साहित्यकार आयम कार्की , साहित्यकार शारदा खनाल ,साहित्यकार प्रा ज्ञ बाबा बस्नेत, साहित्यकार सन्ध्या पहारी ,साहित्यकार गिता कार्की ,साहित्यकार मन्जु कोइराला ,साहित्यकार सिताराम घिमिरे ,पोखरथोक साहित्य सङगमका गोबिन्द खनाल,नारी साहित्य तथा सास्कृतिक प्रतिस्ठान अध्यक्ष मन गहिरे लगायतले कविता बाचन गरेका थिए ।कार्यक्रममा सहभागी साहित्यकारहररु लाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । नारी साहित्य तथा सास्कृतिक प्रतिस्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन सचिब मन्जु कोइरालाले गर्नु भएको थियो भने कोषाध्यक्ष कल्पना भट्टराईले स्वागत गर्नु भएको थियो ।

