भाद्र २९ पाल्पा
पाल्पामा १० स्थानिय तह छन। जसमध्ये २ स्थानिय तह मात्रै पुर्ण बालमैत्री घोषणा भएका छन। बगनासकाली गाउपालिका र रम्भा गाउपालीकालाइ पुर्ण बालमैत्री घोषणा गरीएको करीब ३ वर्ष हुन लाग्यो। सङ्घीयतापछि स्थानीय सरकार भौतिक विकास केन्द्रित हुँदा बालबालिकाका सवाल उपेक्षामा पर्ने गरेका छन् । महिला, बालबालिका तथा लक्षित वर्गलाई बजेटमा विशेष प्रथामिकताका साथ कुल बजेटको १५ प्रतिशत छुटाउनु पर्ने भएपनि स्थानीय तहले बालबालिका क्षेत्रमा न्युन बजेट विनियोजन गर्ने गरेका छन् ।
सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने, बालबालिकामाथि हुने सबै खाले बालश्रमको अन्त्य गर्ने जस्ता लक्ष्य लिएको छ । तर सरकारको लक्ष्यनुसार बालबालिकाका क्षेत्रमा प्रर्याप्त लगानी भने हुन सकेको छैन् । बालविवाह, बालश्रम, विद्यालय पहुँच, पुर्ण सरसफाई तथा पोषणको पहुँचबाट ग्रामीण बालबालिका अझै टाढा छन् । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षाको अवधारणा ल्याएपनि दुरदराजमा कापी कलम र झोलाकै अभावले विद्यालय जानबाट विपन्न बालबालिका बन्चित छन् ।
बजेट निर्माणका सात चरण अन्तर्गत गाउँबस्ती स्तर हुदैँ वडा बाट नै बालबालिकाका विषय प्रथामिकतामा पर्दैनन् । जसका कारण भौतिक विकास केन्द्रित स्थानीय तहहरुले बालबालिका क्षेत्रमा बजेट छुटाउनलाई महत्व नदिएको देखिन्छ । स्थानीय तहहरुले बालविवाह मुक्त, बालश्रममुक्त पालिका घोषणादेखि बालबालिकाको क्षमता विकास तथा विपन्न बालबालिकाको स्वास्थ्य शिक्षा सुनिश्चितासम्मका महोत्वकांक्षी नीति तथा कार्यक्रम ल्याए पनि बजेट विनियोजनमा उपेक्षा गरेको पाइएको छ ।
आज भाद्र २९ गते ६० औ बालदिवस “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाइदै छ।पाल्पामा बालमैत्री गाउपालिका घोषणा नभएका केहि पालिकाले पनि आगामी २०८३ भित्र घोषणा गर्ने प्रतिवद्धता गरेका छन। पाल्पाका सबै स्थानिय तहले बालदिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको जनाएका छन।