भाद्र २४ पाल्पा ।
रिब्दिकोट गाउँपालिकाको आयोजनामा सहकारी सस्थाको सन्चालन, ब्यवस्थापन ,नियमन,निर्देशिका निर्माण तालिम कार्यक्रम रिब्दिकोट गाउँपालिकामा आजबाट सन्चालन भएको छ। रिब्दिकोट गाउँपालिका प्रमुख नारायण बहादुर कार्किको अध्यक्षता, कान्ता अधिकारिको विशिष्ट आतिथ्यता,प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल,प्रवक्ता प्रकाश रायमाझी सबै वडाका वार्ड अध्यक्ष ,कार्यपालिका सदस्य ,कर्मचारी लगायतको आतिथ्यतामा कार्यक्रमको समुदघाटन भएको हो।
कार्यक्रममा रिब्दिकोट गाउँपालिका भित्रका ३३ सहकारि सस्थाका ब्यवस्थापक,अध्यक्ष ,लेखा संयोजकहरुको सहभागीता रहेको छ। कार्यक्रम भाद्र २६ गते समापन हुनेछ।












