पाल्पा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री जनसम्पर्क सल्लाहकारमा रैनादेबि गाउँपालिका २ का समाजसेवी ,बुद्धिजीवी डा. राम बहादुर राउतलाई नियुक्ति गर्नुभएको छ।
भाद्र १५ गतेदेखि लागुहुनेगरि राउतलाई सेवा सुबिधा सम्बन्धि ऎन २०७५ को दफा १० को उपदफा १ अन्तर्गत अनुसूची २ बमोजिम नियुक्ति गरिएको हो।
राउत सकारात्मक दृष्टिकोणका अभियान कर्ताका रुपमा पनि परिचित रहदै आउनुभएको छ।