४ भदौ, पाल्पा
भाद्र कृष्ण प्रतिपदा देखि अष्टमीसम्म आठ दिन मनाईने गाईजात्रा आज विभिन्न कार्यक्रम सहित आरम्भ भएको छ । यो पर्व नेवार संस्कृतिवाट प्रारम्भ भएको हो । देश विदेशमा बसोबास गर्ने नेवार समुदायले विशेष महत्वका साथ मनाउछन् । प्रत्येक वर्ष जनैपूर्णिमाको भोलि यो पर्व मनाउने गरिन्छ ।
आजको दिन एक वर्ष भित्र मृत्यु भएका आफन्तको सम्झनामा गाई वा बालबालिकालाई गाईका रुपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराईन्छ । नगर परिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वार छ ।
एतिहासिक प्रमाणअनुसार मध्ययूगका राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन बसाएका हुन । उनले पुत्रोशोकले वेहाल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक वेहोर्नु पर्छ भने देखाउन जनतालाई आ–आाफ्नो घरमा मरेका व्यक्तिको नममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका थिए । गाईको भेषमा हरेक मृतकका आफन्तहरु घर–घरवाट निस्किएर जात्रामा सहभागी भएको देखेपछि रानिको शोक केहि कम भएको थियो । तर त्यतिले मात्र रानिको मन शान्त नभएपछि विभिन्न हास्य प्रहसन र व्यंग्यवाण समेत प्रस्तुत गरी उनलाई हंसाउन सफल भएपछि,राजानले प्रत्यक वर्ष गाईजात्रा मनाउने आदेश दिएको इतिहासमा पाइन्छ ।
भाद्र कृष्ण अष्टमीका दिन सम्म मनाइने यस पर्वका क्रममा प्रहसन,सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन नाचगाना तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसमा गीतहरु पनि पाईन्छ ।











