५ भदौ,पाल्पा
गाईजात्राको भोलीपल्ट मनाउने रोपाई जात्रा आज विभिन्न कार्यक्रमका साथ मनाईदै छ । रोपाई जात्रा मल्लकाल बाट चलिआएको हो । त्यतिखेरको समृद्ध राज्यहरुमा कृषीलाई विशेष ध्यान दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ । विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा आजका दिन स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ ।
कृषि प्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्व रहने गर्दछ। हाम्रो कृषिप्रधान देशको किसानहरुको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुशीयाली स्वरुप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ।
रोपाई र दाउन अर्थात वाली भित्राँउदा एकएक पटक भुमेपाथी मनाउने चलन छ । नेवार समुदायमा यसको विषेश महत्व रहेको हुन्छ ।
रोपाई सकिएको खुःशीयालीमा आज बाजा गाजा बजाएर नाचगान गर्दै धान खेतको मालिकलाई खेत भित्र हिलोमा डुबाउने चलन रहेको छ ।











