खेमराज पाण्डे बुटवल , १ भाद्र – नेपाली फिल्म उद्योगमा निकै प्रतीक्षा गरिएको आगामी चलचित्र “पिशाच” को प्रेस भेटघाट तथा सम्मान कार्यक्रम हिजो बुटवलको मेरिगोल्ड होटेलमा सम्पन्न भयो छ । प्रेस भेटघाट तथा सम्मान कार्यक्रमको अवसरमा फिल्म निर्माण टोली, कलाकारहरू, र सञ्चारकर्मीहरूबीच रमाइलो भेटघाट भएको थियो।
फिल्म निर्माताले उपस्थित सबैलाई स्वागत गर्दै “पिशाच” ले नेपाली फिल्म क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास समेत व्यक्त गरे। पिशाच’ फिल्मले नेपाली लोककथा आधारित भयावह घटनाहरूलाई पर्दामा उतार्ने र दर्शकको माया, साथ् र सहयोग यस् नेपाली कथानक चलचित्र पिशाचले पाउने फिल्म निर्माताको भनाई रहेकोे छ । इन्जिनियर सुरेश नेपालले यो फिल्मको निर्माणमा नयाँ प्रविधि र उन्नत भिजुअल इफेक्ट्सको प्रयोग गरिएको भन्दै दर्शकलाई एक रोमाञ्चक अनुभव प्रदान गर्ने वाचा समते गरेका छन् । उनको भनाई अनुसार म धेरै देशहरु घुम्ने अवसर पाएको छु र ती देशहरुमा चलचीत्र क्षेत्रलाई महत्त्व दिएको देख्दा नेपालमा चलचित्र बोर्ड मुख दर्शक भएको उनले बताए ।
फिल्मका मुख्य अभिनेता भुवन खड्काले पनि फिल्म निर्माणको क्रममा आफ्नो मेहनतबारे खुलेर कुरा गरे। “यस भूमिकामा डुब्नका लागि मैले शारीरिक र मानसिक रुपमा धेरै तयारी गरेँ,” उनले भने। उनका अनुसार फिल्मको ट्रेलर चलचित्र दर्शकहरूको निकै ठूलो प्रतिक्षमा रहेको समेत खुसी व्यक्त गरे ।
विशाल मुभिजको प्रस्तुतीमा निर्माण भएको नेपाली कथानक चलचित्र “पिशाच” को एक कार्यक्रमका बिच ब्यानर र कलाकारहरु लाई सार्बजनिक रुपमा,सम्मान गर्दै सम्पन्न भएको छ। सफल फिल्मस् क्रियशनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रका निर्माता भुवन खड्का, सूर्य राई, परिश्वर भट्टराई, गंगा हिस्की मगर, र अर्जुन वि.सी. रहेका छन्।
“पिशाच” चलचित्रको निर्देशन पन्की सुरजले गरेका हुन्, उनले यस अघि पनि विभिन्न सफल चलचित्र निर्देशन गरिसकेका छन्। फिल्मका निर्देशक पन्की सुरज ले “पिशाच”लाई आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण परियोजना पनि हो भनेका छन । “यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ आयाम थप्ने उन्को भनाई रहेको थियो । चलचित्रको कथा पनि पन्की सुरजले नै तयार गरेका हुन्। उनको भनाई अनुसार हामीले यसलाई नेपाल भरीका हलहरुमा दर्शकहरुले हेर्ने वातावरण मिलाउनको लागि धेरै मेहनत गरेका छौँ,” निर्देशक सुरजले राष्ट्रिय न्युज डट कमलाई बताए।
छायांकनको जिम्मा सागर महतले सम्हालेका छन् भने, चलचित्रको प्रिन्ट पार्टनर शाइन एण्ड डिजाइनले गरेको छ।
कलाकारहरूको चर्चा गर्दा, यस चलचित्रमा सुशिल पोखेल, विशाल पहारी, पुनम गुरूङ्ग, एम.बी गजमेर, पंकी सुरज, अर्जुन बि.सी., कल्पित मिनु कार्की, दिपेन्द्र पाण्डे, राजु सुवेदी लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
चलचित्रको संगित हुम गैरेले समालेका छन् भने पटकथा र संवाद शिव आचार्यले तयार गरेका हुन्।मिडिया पार्टनर मुभिज क्लब नेपाल रहेको यस चलचित्रले नेपाली सिनेमा क्षेत्रमा नयाँ उचाई चुम्ने अपेक्षा गरिएको छ। फिल्मको सुटिङ चाँडै नै सुरु हुने जानकारी दिइएको छ भने, यसले नेपाली सिनेमा उद्योगमा ठूलो हलचल ल्याउने अपेक्षा गरिएको छ।”पिशाच” चलचित्र छिट्टै नै दर्शकहरूका लागि प्रदर्शनमा आउने तयारीमा रहेको छ।