सुमित्रा कंडेल,पाल्पा
तानसेन नगरपालिकाले नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रसंग विद्युत महसुल भुक्तानीको सम्झौता गरेको छ ।
नगरपालिकाले न्यूनतम २० युनिट विद्युत खपत गर्ने लाभग्राहीको विद्युत महसुलमा अनुदान दिने योजना अन्र्तगत रकम भुक्तानीका लागि सम्झौता गरेको हो ।
वितरण केन्द्र र नगरपालिका बिच आर्थिक वर्ष २०८१÷०८२ को लागि नगरभित्रका २० युनिट खपत गर्ने दुई हजर दुई सय २६ उपभोक्ताहरुको विद्युत महशुल भुक्तानी गर्ने गरी सम्झौता भएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।
तानसेन नगर कार्यपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्र बिच तानसेन नगरपालिका क्षेत्रभित्रका नगरवासीले खपत गर्ने न्युनतम् विद्युत महशुल छुट सम्बन्धी कार्यविधि, २०७९ को आधारमा नगरपालिकाबाट दिइने न्यूनतम विद्युत महसुलमा छुटको लागि प्राविधिक व्यवस्थापन गर्नेगरी सम्झौता गरेको तानसेन नगरपालिकाको कार्यवाहक नगरप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो । सिंजालीले स्थानीय नगरवासीलाई केही राहत महशुस हुनेगरी ल्याईएको कार्यक्रमवाट थप सुविधा भएको अनुभूती गरिएको वताउनुभयो ।
तानसेन नगरपालिकाले आर्थिक वर्ष ०७९।०८० देखि नियमित २० युनिट विधुत खपत गर्ने नगरबासबलिाइ न्यूनतम् विद्युतमा छुट दिदै आएको छ । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।केन्द्र प्रमुख दिलिप मरासिनिले तानसेन नगरपालिकाले जनताको हितको लागि गरेको निर्णय महत्वपुर्ण रहेकोले सम्झौता वमोजिम काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।लाभग्राहीको मासिक तीस रुपैयाँका दरले आठ लाख एक हजार ३ सय ६० रुपैयाँ वार्षिक रकम एकमुस्ट भुक्तानी गर्नेगरी सम्झौता गरेको छ ।कार्यक्रममा तानसेन नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी साथै नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्दका कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रमको संचालन तानसेन नगरपालिकाका योजना अधिकृत दुर्गा बहादुर थापाले गर्नुभएको थियो ।