सुमित्रा कंडेल,पाल्पा
पाल्पाको तानसेन नगरपालिकामा मेलमिलापकर्ताहरुका लागि ५ दिने उच्च तालिम दिइएको छ।
तानसेन नगरपालिकाको आयोजना एनआरसिटिसिएन र स्थानिय सरकार सवलिकरणको सहकार्यमा स्थानिय स्तरमा हुने बिवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले तालिमको आयोजना गरेको होे ।तालिम साउन २७ गतेदेखि ३१ गतेसम्म संचालन गरेको थियो।
समापन कार्यक्रमका अध्यक्ष तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख प्रतिक्षा गाहा सिंजालीले हरेक वडामा मेलमिलापकर्ता तथा दक्ष जनशक्ति उत्पादन गरी न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न यस प्रकारको तालिमले मेलमिलापकर्ताको दक्षता वृद्धि गर्न सहयोग पुगेकोे भन्दै आगामी दिनमा सिकेको कुरा कार्यसम्पादनमा भरपुर प्रयोग गर्न अनुरोध गर्नुभयो । साथै उहाले स्थानिय सरकारले दिएको अधिकारमात्र नभइ संघ,प्रदेशले दिएका अधिकारको पनि भरपुर उपयोग गरी दुवैको जितजित हुने गरी सक्रिय भएर लाग्न आग्रह गर्नुभयो।उहाँले आगामी आर्थिक वर्षमा थप तालिम र काम गर्दै आएकाहरूको लागि अन्य तालिमको व्यवस्थापन गर्न समन्वय गर्ने बताउनुभयो । न्यायिक समितिमा आएका उजुरीहरुको निष्पक्ष भएर सुनुवाइ गरेको समेत बताउनुभयो ।
कार्यक्रमका अतिथि तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले विगतमा मेलमिलाप ,न्यायीक कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यक्रमहरू सञ्चालन गरिएको र मेलमिलाप केन्द्रका गतिविधिहरूलाई थप प्रभावकारी तथा व्यवस्थित रूपमा अगाडि बढाउन, जनताले सहजरुपमा न्याय पाउनुपर्छ भन्ने सर्वमान्य सिद्धान्तलाई अबलन्वन गरी न्यायिक समितिले आफ्नो क्षेत्राधिकार भित्र पर्ने बिवादलाई समयमा नै निरुपण गर्दा पिडितको हित हुने र न्याय पाएको अनुभुति हुने भएकोले प्राथमिकता दिएको बताउनुभयो ।
एनआरसिटिसिएनका कार्यकारी निर्देशक चुप बहादुर थापाले मेलमिलापकर्ताहरुलाई यो उच्च तालिमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मेलमिलाप केन्द्रबाट निष्पक्ष रुपमा विवाद छिनोफानो हुने अपेक्षा गर्नुभयो। । उहाले आगामि दिनमा सक्दो सहयोग गर्ने धारणा राख्दै न्याय सम्पादन गर्ने कार्यमा सहज होस भन्ने उद्देश्यले उच्च तालिम सञ्चालनमा तानसेन नगरपालिकालाई छनोट गरेर साथ दिएको बताउनुभयो ।
स्थानिय सरकार सवलिकरणका लुम्बिनी प्रदेश संयोजक चुरामणी पोख्रेलले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । उहाले विगतमा सहकार्य गरेर काम गरीरहेको बताउदै आगामी दिनमा पनि निरन्तर साथ सहयोग रहने बताउनुभयो।
एनआरसिटिसिएनका कार्यक्रम अधिकृत बिमला साहीले वडावडामा सर्वसुलभ र सबैको पहँचको लागि मेलमिलाप केन्द्र चलायमान गराउने, न्याय र शान्तिपुर्ण समाज निमार्ण गर्ने, मेलमिलाप सम्बन्धी कार्यलाई सरल र सहज तवरले सञ्चालन गर्ने, स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्नका लागि विभिन्न पालिकाहरुको सहकार्यमा तालिम आयोजना गरेको बताउनुभयो।
प्रमुख प्रशिक्षक त्रिपूरा गिरी र शुसिला सिंखडाले तालिममा मेलमिलापको अनुभव, मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग, द्वन्द्व र विवादको विकास र अवधारणा, मेलमिलापमा प्रवाभकारी संचार र समन्वयका लागि सिप,अन्तरसास्कृतिक र मनोवैज्ञानिक आधार यसले पार्ने प्रभाव, विकल्पको खोजी कसरी गर्ने, विवाद समाधानका संयन्त्रहरु, मेलमिलापको अन्तराष्ट्रिय अभ्यास, मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था, मेलमिलाप ऐन तथा नियमावली, सामुदायिक मेलमिलाप कार्यान्वयन निर्देशिका, मेलमिलापका चरणहरु, प्रशंसनीय दष्टिकोण प्रयोग गर्ने शीप, सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधान, मेलमिलाप पश्चातको प्रक्रिया, समन्वय र अनुगमन लगायतका विषयमा प्रयोगात्मक सहित सहजिकरण गर्नुभएको थियो ।
सहभागीबाट बोल्दै भिमकुमारी शाक्य र हरि प्रसाद घिमिरेले मेलमिलापकर्ताका लागि उच्च तालिमको व्यवस्था गरेर ज्ञान लिने अवसर प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै ५ दिने तालिममा धेरै नजानेका कुरा सिक्ने मौका मिलेको बताउनुभयो।तालिम तालिममा मात्रै सिमित नराखी सकृय भएर काम गर्ने उनिहरुको भनाई थियो।
नगरपालिका भित्रका १४ वटा वडाका २७ जना मेलमिलापकर्ताहरुका लागि पाँच दिवसिय मेलमिलाप सम्बन्धि उच्च तालिम हिजो समापन भएको छ।समापन कार्यक्रममा सहभागिहरुलाइ प्रमाणपत्र समेत वितरण गरिएको थियो।
कार्यक्रममा स्वागत न्यायिक समिति सदस्य सबिता भट्टराईले गर्नुभएको थियो। तानसेन नगरपालिकाका न्यायिक समिति सदस्य सचीव चिना कुमारी न्यौपानको संचालनमा सम्पन्न भएको हो।













