३२ साउन
उपभोग्य सामानको म्याद चेकजाँच गर्ने र स्थानीय तहका व्यवसायीद्वारा संचालन गरिएको व्यवसायको दर्ता नविकरण भए नभएको रेखदेख गर्ने उद्देश्यले बजार अनुगमन गरेको गाउपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले बताउनुभयो भयो ।
देविनगर वडाको बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा २४ वटा व्यवसायमध्ये २० वटा व्यवसाय मात्र दर्ता नविकरण भएको साथै ४ वटा व्यवसाय दर्ता नभएको पुर्वखोला प्रशासन शाखाका प्रमुख विनोद नेपालले जानकारी दिनुभयो ।
गाउपालिकाका प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले म्याद नाघेका कुनै पनि उपभोग्य सामान विक्रि नगर्न र व्यवसाय दर्ता नविकरण समयमै गर्न व्यवसायीहरुलाइ सल्लाह सुझाव दिनु भएको थियो ।
बजार अनुगमनले व्यवसायी र उपभोक्तालाई गुणस्तरीय सामान उपभोग गर्न सचेत बनाएको युनिटि फेन्सि स्टोरका संचालक विरेन्द्र सिंजालिले बताउनुभयो ।
बजार अनुगमनमा गाउपालिकाका उपाध्यक्ष भागिरथि भट्टराई,प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठ,प्रशासन शाखाका प्रमुख विनोद नेपाल,इन्जिनियर लक्ष्मण न्यौपाने,मन बहादुर सारु,शेर बहादुर थापा हुनुहुन्थ्यो ।