रुपा थापा
१३ साउन, तानसेन
तानसेन नगरपालिका वडा नम्बर ४ सिल्खानका २ टोल वटा टोल विकास संस्थाको साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । साधारणसभामा संस्थाकी अध्यक्ष रमा पन्थले सांगठनिक तथा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आगामी दिनमा गर्नलागेका योजनाहरु राख्नुभएको थियो । कार्यक्रममा सचिब अरुणा भट्टराईले संस्थाले एक बर्षको अवधीमा गरेका क्रियाकलापहरुको बार्षिक प्रतिबेदन, संस्थाकी कोषाध्यक्ष .इन्दिरा दर्लामीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणासभाका प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले कार्यक्रमको उदघाटन गर्दै सिल्खानका दुई टोल विकास संस्थाले टोलको विकासमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । उहाँले टोल विकास संस्थाको भावना र मर्मलाई आत्मसात गरेको भन्दै आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा काम गर्ने विश्वास व्यक्त गर्नु भयो । तानसेन नगरपालिका वडा नम्बर ४ का महिला सदस्य एवं संस्थाका संस्थापक सीता बस्नेतले ५जनाबाट मासिक ५०÷५० रुपैया जम्मा गरेर टोल विकास संस्थाको अवधारणा ल्याएको स्मरण गर्दै, अहिले ३५ भन्दा बढी सदस्यले एक हजार पाँचसय बचत भएको भन्दै प्रंशसा व्यक्त गर्नुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ४ का वडा सदस्य हरिबहादुर थापाले वडाको क्रियाकलापहरूमा पनि टोल विकास संस्थाको साथ र सहयोग रहेको र आगामी दिनमा पनि सहकार्य होस भन्ने कामना गर्नु भयो । सिलखान २ टोल विकास संस्थाका सल्लाहकार अजयमान कर्माचार्यले संस्थाका दिदीबहिनीहरूले घरमै बसेर नियमित आम्दानी हुने काम खोज्न तर्फ लाग्न सुझाव दिनु भयो । विशाल बजार टोल विकास संस्थाकी अध्यक्ष दमन्ती बजुमयले सबै टोल विकास संस्थाहरू मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सिल्खान दुई विकास संस्थाकी अध्यक्ष रमा पन्थले सिंगो वडाको एउटै महिला समुह बनाउन जरुरी रहेको आवश्यता औल्याउनु भयो । महिलाहरुलाई सीप विकास गराई अचार, रोटी बनाउने बनाउने, स्विटर बुन्ने, मोति र कृष्टलको माला, चुरा, टप, औठि आदि बनाउने काम तर्फ जोडन वडा कार्यालय लगायतलाई आहवान गर्नु भयो ।
साधारणसभामा संस्थाकी उपाध्यक्ष भुनु कुमारी बरालले स्वागत गर्नु भएको थियो । सोही समारोहमा
सिल्खानटोलले आफ्नो टोल परिवारका एसईई उत्तिर्ण गर्ने प्रतिक्षा ज्ञवाली, अमिस कर्माचार्य र जेनीस थापालाई सम्मानित गर्दै बधाई तथा प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो