पाल्पा
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न पाल्पाका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउदै आएका छन् ।
सम्बन्धित पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पालिकाले पोषणबापत भत्ता उपलब्ध गराउन थालेका हुन् । यसैक्रममा तानसेन नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही तिन हजारका दरले भत्ता वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा १३८ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको जनाएको छ ।
गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी मातृमृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम प्रदान गरिएको उपप्रमुख प्रतिक्षा गाहा सिजांलीले जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको प्रतिलिपिका आधारमा गर्भवतीलाई भत्ता वितरण गरेको उहाँको भनाइ छ ।
नगरपालिकाका गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गरिएको गाहाले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका क्षेत्रभित्र मातृ शिशु तथा नवशिशु स्वास्थ्य र पोषण प्रवर्द्धन एवं व्यवस्थापन गर्न कुपोषणमुक्त बालबालिकाको विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”
गाहाका अनुसार पालिका भित्र मातृ मुत्यूदर शुन्य रहको छ।उपमेयरसगं महिला स्वाथ्य कार्यक्रम अन्तर्गत भिआइए परिक्षण तथा सुत्केरी पोषण भक्ता समेत गरी यो वर्ष बजेट थप गरेर ५ लाख रकम छुट्टाइएको बताउनुभयो।
नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ । नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा ४ पटक गर्भवती महिलालाई मातृ शिशुकार्ड र निजको निवेदनका आधारमा तिन हजार वितरण गरिने स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
कार्यालयले लक्षित वर्गलाई कार्यक्रममा सहभागी भएको विस्तृत विवरण र स्वास्थ्य संस्थामा जाँच गरेको मातृ सेवा कार्डको प्रतिलिपिको आधारमा नगद भुक्तानी दिनेछ ।कार्यक्रममार्फत महिलालाई आर्थिक, स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्य राखिएको छ । जसका लागी गतवर्ष ३ लाख ५७ हजार खर्च भएको छ । ३४ जना गर्भवती महिलाले प्रोटोकल अनुसार चेक जाच नगराएकोले र घटना दर्ता समयमा नगरेकोले २४ जना उपमेयर संग सुत्केरी पोषण कार्यक्रम सेवा वाट वन्चित भएका छन्।












