११ साउन काठमाडौं
एलपी जोशी जसलाई हामीले लक्ष्मीप्रसाद भनेर चिन्ने गरिन्थ्यो । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो’का गायक तथा गीतकार जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।
बिहीवार बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । झापाको दमकस्थित घरमा उनको निधन भएको हो ।
दमकस्थित घरबाट अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवार स्रोतले जनाएका छन् । उनी लामो समय देखि मधुमेह रोगबाट पीडित थिए ।
२०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका गरेका थिए ।
‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ गीतसमेत चर्चित छ । तर रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो ।











