विष्णुप्रसाद घिमिरे
२ साउन, पाल्पा ।
बगनासकाली गाउँपालिकाले ८९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । चालु आर्थिक वर्ष ०८०।८१ मा गाउँपालिकाले चालु र पुँजीगतमा गरी ८९ प्रतिशत वित्तिय प्रगती गरेको हो ।
चालु आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाले कुल ५१ करोड १५ लाख ४७ हजार ५ सय २४ वजेट विनियोजन गरेको थियो । जसमा ४५ करोड ८२ लाख १२ हजार ९ सय ८७ रुपैया खर्च भएको छ । कुल वजेटको ८९ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा पूँजीगत तर्फ १४ करोड १० लाख ४५ हजार रुपैया वजेट विनियोजन भएकोमा १२ करोड १७ लाख ८ हजार ३ सय ७४ रुपैया खर्च भएको छ । पुँजीगत तर्फ ८६ दशमलव २९ प्रतिशत खर्च भएको गाउँपालिकाको लेखा अधिकृत कोशलराज पौडेलले बताउनुभयो ।
त्यसैगरी चालु वजेट तर्फ बगनासकाली गाउँपालिकाले ३७ करोड ५ लाख २ हजार ५ सय २४ रुपैया वजेट विनियोजन गरेको थियो, जसमा ३३ करोड ६५ लाख ४ हजार ६ सय १३ रुपैया खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा वित्तिय प्रगती ९० दशमलव ८२ प्रतिशत प्रतिशत हो ।
समानिकरण अनुदान कटौतीका कारण पूँजीगत तर्फको वित्तिय प्रगतीमा बगनासकालीमा पनि असर परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ लम्सालका अनुसार केन्द्र सरकार र प्रदेश सरकारबाट समानिकरण अनुदान वापतको रकम कटौतीले वित्तिय प्रगतीमा प्रभाव पारेको छ ।












