विष्णुप्रसाद घिमिरे १ साउन, पाल्पा ।
रामपुर नगरपालिकाले ८१ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । चालु आर्थिक वर्ष ०८०।८१ मा नगरपालिकाले चालु र पुँजीगतमा गरी ८१ प्रतिशत वित्तिय प्रगती गरेको हो ।
चालु आर्थिक वर्षमा रामपुर नगरपालिकाले कुल ७३ करोड, ९३ लाख ८३ हजार वजेट विनियोजन गरेको थियो । जसमा ५९ करोड ६४ लाख ६८ हजार ९ सय १७ रुपैया खर्च भएको छ । कुल वजेटको ८१ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षमा पूँजीगत तर्फ २० करोड २२ लाख ४५ हजार ५सय ७७ रुपैया वजेट विनियोजन भएकोमा १३ करोड ५ लाख ५२ हजार १ सय ९९ रुपैया खर्च भएको छ । पूँजीगत तर्फ यो खर्च रकम ६४ दशमलव ५५ प्रतिशत हो । त्यसैगरी चालु वजेट तर्फ रामपुर नगरपालिकाले ५३ करोड ७१ लाख ३७ हजार ४ सय २३ रुपैया वजेट विनियोजन गरेको थियो, जसमा ४६ करोड ५९ लाख १६ हजार ४ सय १८ रुपैया खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा रामपुर नगरपालिकाको वित्तिय प्रगती ८६ दशमलव ७४ प्रतिशत हो ।
समानिकरण अनुदान कटौतीका कारण पूँजीगत तर्फको वित्तिय प्रगतीमा असर छ । केन्द्र सरकारबाट समानिकरण अनुदान वापतको रकमबाट रु ८२ लाख ३९ हजार रुपैया रामपुर नगरपालिकालाई आएको छैन् । त्यसैगरी प्रदेश समानिकरण अनुदानबाट पनि २१ लाख ४९ हजार रुपैया घटेर आएको छ । वित्तिय समानिकरण अनुदान कटौतीको सूचनाले कतिपय योजनाहरुनै सम्झौता नगरिएको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकामा पूँजीगत योजनाहरु अधिंकाश ठेक्का माध्यमबाट कार्यान्वयन हुने गरेका छन् । ठेक्कामा गएका योजनाहरुबाट वचेको रकम पुन खर्च गर्न नपाउने कानुनी व्यवस्था छ । ठेक्काबाट वचेको ठूलो रकम फिर्ता गर्नुपर्नेहुन्छ । नगरपालिकाका लेखा अधिकृत सीता न्यौपानेका अनुसार ठेक्कामा गएका योजनाहरु घटेर ठेक्का लाग्नु र वचेको रकम फिर्ता पठाउनुपर्ने कानुनी व्यवस्थाले वित्तिय प्रगतीमा प्रभाव पारेको छ ।











