असार २९, अर्घाखाचि
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ९ मैदान निवासी स्वर्गीय अम्मरलाल परियारको परिवारलाई पुन्य तिथिलाई आबश्य सामाग्री सहयोग गरिएको छ ।
स्वर्गीय अम्मरलाल परियारको घरमा १३औं दिनको पुन्य तिथिलाई आबश्य सामानको अभाब भएको हो । स्व.परियार परिवारको आर्थिक स्थिती अतिनै कम्जोर भएका कारण आवश्यक समाग्री समेत जुटाउन गाहे भएको थियो । सामाजिक अभियान्ता गोमा सापकोटा रेग्मीले सो कुरा थाहा पाउना साथ आफुले सक्दो सहयोग हस्तान्तरण गर्नु भएको थियोे । उक्त सहयोग हस्तान्तरण गर्दै उहाँले परिवारजनमा गहिरो समबेदना प्रकट गर्नुभएको हो । स्वर्गीय परियारको व्ल्ड क्यान्सर भै उपचारको क्रम मा २०८१ असार १८ गतेका दिन असामयिक निधन भएको थियो । लामो समय देखि रेग्मीले विभिन्न सामाजीक क्षेत्रमा काम गर्दे आउनु भएको छ ।













