तानसेन नगरपालिका नगर सभाको १५ औ अधिवेशनले ०८१।८२ को बजेट तथा निति कार्यक्रम पारीत गरेको छ।
सभाले तानसेन नगरपालिकाको नीति तथा कार्यक्रम , बिनियोजन विधेयक , मध्यमकालिन खर्च संरचना , आर्थिक विधेयक , लैङ्िगक समानता , अपाङगता तथा सामाजिक समावेशिकरण ( विधेयक ,तानसेन नगर प्रज्ञा प्रतिष्ठान विधेयक , न्यायिक समितिको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरिे नगर सभाको सकेको हो ।
सभामा नगर सभाका सदस्यहरु रिमा सारु, विमला वौडेल,डिल ब थापा,अनिता मिदुन,सिता बस्नेत,अमंर राना,गोमा गैरे,रेखा विष्ट,गिता भट्टराइ,पल्लव केसी,हरीबहादुर थापा मान बहादुर थापा लगायतले यो वर्ष ल्याएको निति तथा कार्यक्रम राम्रो रहेको बताउदै विधुत,खानेपानि, ,स्वास्थ्य, ढल तथा फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, आर्थिक विकासका कृषि,पशु, सिचाँइ, शिक्षा,अनुदानमा वितरण गरीने सुन्तलाजात फलफुलका बिरुवा वितरणलाइ निरन्तरता दिनुपर्ने,स्थानिय पाठ्यक्रम पठनपाठन हुदै आएको तर किताब छपाइ गरेर वितरण नगरीएको हुदा पुस्तक छपाइलाइ प्राथमिकता दिनुपर्ने,बाटो क्षेत्रमा रहेका ठुला बोटविरुवा हटाउन पहल गर्नुपर्ने,सामाजिक आर्थिक रुपमा पिछडिएका नागरीकलाइ सहजता हुने गरी बजेट कार्यान्वयनमा ध्यान दिइनुपर्ने लगायतका सुझाव राखेका थिए।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरबासीको मागलाइ मध्यनजर गर्दै कृषि,पशु, सिचाँइ, शिक्षा,खानेपानि,पर्यटन लगायतका विषयलाइ प्राथमिकताका दिइएको बताउनुभयो।
त्यस्तै असार ७ गते तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले प्रस्तुत गरेको ०८१।८२ को बजेट,०८०/८१ को न्यायिक समितिको प्रतिवेदन सर्वसम्मत पास भएका छन।त्यस्तै लेखा समिति संयोजक राजेसकुमार अर्यालले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको छ।
१५ औ नगरसभाले आ.व. २०८१।०८२ को १अर्व ७६ करोड,७६ लाख,३५० बजेट सभाबाट सर्वसंम्मत पारीत भएको छ।













