बुटवल -द्वितीय बटालियन दतृतीय गोर्खा राईफल्सको ७६ औँ पिरकण्ठी दिवस तथा पुर्नमिलन कार्यक्रम सम्पन्न गरेको छ ।
पुर्व सैनिक सङ्गठन२र३ गोर्खा राईफल डवल भि सि पल्टन परिवार बुटवल रूपन्देहीले गरेको कार्यक्रममा सस्थाका अध्यक्ष क्याप्टेन श्याम बहादुर थापाको रहेको थियो भने प्रमुख अतिथि नेस हव्लदार कर्ण बहादुर रानाको रहेको थियो। नेस हव्लदार कर्ण बहादुर रानाले यो सस्थाले अहिले सम्म सामाजिक कार्य र विभिन्न सङ्घ सस्थाहरूलाई सहयोग गरेको र आगामि दिनमा पनि सहयोग गर्नेमा विश्वत रहेको समेत जानकारि दिए।
भुपू सैनिकहरूलाई परेको समस्याहरूलाई आगामि दिनमा पनि सहयोग गर्नै समेत जानकारि दिनुभयो। सस्थाले सधै सामाजिक कार्य र सहयोग समेत गरेको छ र आगामि दिनमा समेत यस्ता कार्यहरूलाई अगाडि वढाउने कुरामा जोड दिनुभयो। कार्यक्रमा ५र३ गोरखा,राईफल अध्यक्ष हनेरि क्याप्टेन ईन्द्र वहादुर थापा,सु मे गोपला चौहानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य क्याप्टेन प्रताप चन्द्र थापाले राखेका थिए भने कार्यक्रम सस्थाका सचिव सुवेदार मेजर मीन बहादुर सारूले गरेका थिए ।













