बुटवल असार १३, बर्षाका कारण बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा गएरातिदेखि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दाउन्नेका ६ स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ ।
पौडेलका अनुसार चाइना स्टेट कम्पनीले दाउन्नेमा ससाना खोल्सा र खोलामा कल्भर्ड निर्माणमा ढिलाइ गरेका कारण वर्षा हुनासाथ सडक एकतर्फी हुने गरेको छ ।
दाउन्ने डाँडाको दुम्किबासदेखि बर्दघाटसम्म ठाउँठाउँमा बाटो हिलाम्मे र चिप्लो भएका कारण यातायात आवतजावतमा समस्या भएको छ । आधा घण्टामा पार गर्न सकिने दाउन्नेको १४ किलोमिटर सडक खण्ड पार गर्न अहिले घण्टाै समय लाग्ने गरेको छ ।













