पाल्पा। बालिका बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।
गत शनिबार १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। पचभैया तानसेन नगरपालिका-१४ स्थित अर्गली स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन्।
गत आइतबार पीडितले दिएको जाहेरीका आधारमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको श्रेष्ठले बताउनुभयो । जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













