नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिए पनि मतदाता नामावलीमा देखिएको विवाद समाधान हुन नसकेकाले उक्त मितिमा मतदान नहुने भएको नेपाल पत्रकार महासंघले प्रेश विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले प्रेश विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।