पाल्पा बैशाख १५
तानसेन नगरपालिका वडा नं ४ ले आयोजना गरेको वडा कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा तानसेन ८ मदनपोखराले सानदार .जित निकालेर फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । हिजो तानसेनको टुडिखेलमा भएको पहिलो सेमिफाइनल खेलमा तानसेन ८ ले तानसेन ५ लाई ५१ रनको फराकिलो अन्तरले हराएको हो ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको तानसेन ८ ले निर्धारित १५ ओबरको खेलमा ५ विकेट घुमाएर १५३ रनको विसाल लक्ष्य पेश गरेको थियो । यसका लागि तानसेन ८ का कप्तान विपिन भट्राईले अविजित ३९ रन बनाएका थिए । साथै ओपनर दिनेश श्रेष्ठले ३० तथा दिपेन्द्र श्रेष्ठले ३२ रनको योगदान गरेका थिए । बलिङ्गमा तानसेन ५ का सागर सिल्वाल र उमेश रानाले समान २÷२ विकेट लिएका थिए । जवाफि ब्याटिङ्गमा आएको तानसेन ५ ले मात्र ९१ रन बनाउदा सबै विकेट घुमाउन पुग्यो । यसका लागि तानसेन ५ का सागर सिल्वालले २२ रन तथा किसन विष्टले १० रन बनाएका थिए । बलिङ्गमा तानसेन ८ का दिपेन्द्र श्रेष्ठ र दिपक बस्यालले समान ३÷३ विकेट लिएका थिए ।
खेलमा ब्याटिङ्ग तर्फ २० बलमा ३२ रन र बलिङ्ग तर्फ ३ विकेट लिएका तानसेन ८ का दिपेन्द्र श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् ।
प्रगियोगिताको फाइनल खेल आइतबार बिहान १० बजे तानसेन ८ र तानसेन ३ बिच हुनेछ । फाइनल खेलका लागि वडा बासि सम्पुर्णलाई तानसेनको टुडिखेलमा आएर खेलाडिको हौसला बडाइदिनका लागि तानसेन नगरपालिका वडा नं ८ का वडा सदस्य डिल बहादुर थापाले सम्पुर्ण वडा बासिमा अनुरोध गर्नु भएको छ । साथै वडा सदस्य थापाले फाइनल खेलमा जान आउनका लागि खेलाडिलाइ वडाले यातायातको व्यवस्था गर्ने समेत बताउनु भएको छ ।













