बैशाख ११,
पाल्पा तानसेन टुँडिखेल मैदानमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकूद,स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ तानसेनको टुँडिखेलमा वडास्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो ।
तानसेन नगरपालिका वडा.४ को आयोजनामा भएको क्रिकेट प्रतियोगिताको पहिलो दिन २ खेल भएको थियो। जसमा तानसेन नगरपालिका वडा नं.६ र वडा नं.१ विजयी भएको हो । पहिलो खेलमा वडा नं ६ र वडा नं ११ बिच प्रतिस्पर्धा भएको थियो ।
जहाँ वडा नं. ६ ले वडा नं. ११ लाई हराएको हो । दोस्रो खेलमा वडा नं.१ र वडा नं.९ बिच खेल भएको थियो । जसमा वडा नं.१ ले ९ लाई हराएको छ ।













