![](https://rastriyanews.com/wp-content/uploads/2024/04/rrpppp.jpg)
बैशाख ४
पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अन्तर्गतको सडकखण्ड सिद्धबाबा क्षेत्रमा राजमार्ग चौडा गर्नुका साथै दुई तर्फबाट सुरुङ खन्ने काम भैरहेको छ । सिद्धबाबा क्षेत्रको सडकखण्ड गत पुस १६ गते देखि दैनिक ६ घण्टा राति १० बजे देखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको थियो। सुरुङमार्ग निर्माणका साथै बाटो फराकीलो बनाउदै गर्दा रातिमा अत्यावश्यक सवारीका साधन,एम्बुलेन्स, प्रेसका सवारी साधनलाई समस्या भएको थियो ।
रातिमा बिरामी बुटवल लैजान, शव बाहन, एम्बुलेन्सलाई समेत तीन घण्टासम्म गाडी रोकेर बस्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो गर्दै आएका थिए।सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर सुरुङ निर्माणका लागि २०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता भएको थियो। सिद्धबाबा क्षेत्रमा जुनसुकै अवस्थामा पनि चट्टान सहितको पहिरो झर्ने भएकोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको हो ।सुरुङ निर्माणको ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने छ ।
निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिंदा सुरुङ खन्ने काममा ढिलाइ भएको हो । अहिले सडक पुर्ण रुपमा सुचारु गरी सुरुङको काम अगाडी बढी रहेको छ ।
![](https://rastriyanews.com/wp-content/uploads/2025/01/santosh-pokharel-081-10-07.jpg)