बैशाख,६
संगिता आचार्य
पाल्पा—तानसेन वडा नं.२,मेहलधाराका महिलाहरुले होजीयारीको उद्योग संचालन गरेका छन् । उनीहरुले झण्डै २ वर्ष अगाडी नै कालितास नेपाल र तानसेन नगरपालिकाको सहयोगमा महिलाको सक्रियताको लगानीमा १लाख ५० हजार अनुदान बाट सानो दुई वटा स्वेटर बुन्ने मेसिन पाएको पाल्पाली होजीयारी उद्योग संस्थाकी सदस्य निर्मला सारुले बताउनु भयो।उनीहरुले विभिन्न किसिमका सीपहरु सिकेर अडरअनुसारका स्वेटर, खादा,टोपी,गल्बन्दी,मोजा तयार गर्दै आएका हुन् । पछिल्लो समय जिल्लाका महिलाहरु उद्यामी बन्ने क्रम बढ्दो रहेको छ । स्वरोजगारले महिलालाई आत्मनिर्भर बनाउदै समाजमा सम्मान पुर्वक जीवन व्यतीत गर्न मद्धत पुराएको हो । यहाका महिलाहरु पाल्पाली हाजीयारी समुहमा आवद्ध भई धागोको स्वेटर,टोपी,गल्बन्दी,मोजा उत्पादन गर्ने काम गरीरहेका छन् । यस ठाउँमा १० जाना महिलाहरु मिलेर उद्योग संचालन सदस्य निर्मला सारुले बताउनु भयो ।
हाजीयारी संचालन गररे पछि विभिन्न स्कुलहरुबाट स्कुल ड्रेस स्वेटर,टोपीहरुको अडर लिगि बजार भाउ भन्दा केही सस्तो मुल्यमा विक्री गरीएको आम्दानीबाट घर परिवारमा खर्च चलाउन सहज भएको पाल्पाकी होजीयारी उपाध्यक्ष विमला भट्टराईले बताउनु भयो । होजीयारी संचालन अगाडी दुई चार पैसाका लागि अरुको भरपर्नु पर्ने थियो भने अहिले हामीहरुले सिलाई बुनाईको सिप सिकेर आफ्नो घर खर्च चलाउन सकिएको भट्टराईले बताउनु भयो । उहाँले होजीयारीको सिपले हरु महिलाहरुलाई पनि खाली समय घरमै बसिरहनु भन्दा सिप सिकेर स्वरोजगारी बनाउने उद्देश्यले संचालन गरीएको बताउनु भयो ।
मेहलधारामा महिलाहरु हरेक व्यावसायमा आबद्ध भई विभिन्न सिपहरु सिकेर आबद्ध ढाका व्यावसाय,सिलाई कटाई,धागोको स्वेटर,टोपी,गल्बन्दी,मोजा उत्पादन गर्ने हस्तकलाका सामाग्रीहरु उत्पादन गर्ने काम गरीएका छन् । समुह समुह मिलेर काम गर्दा छोटो समयमै धेरै सामग्रीहरु उत्पादन गर्न सकिने र थकान महशुस कम हुने उद्यमी सचिव बन्दना रानाको भनाई रहेको छ । बजारमा विभिन्न क्षेत्रबाट भाडामा बसेका महिला दिदि बहिनीहरुलाई सिप सिकाएर आफ्नै ठाउँमा उद्योग संचालन गरेको रानाको भनाई छ ।
होजीयारी उद्योग संचालन गर्नको लागि पढाईको आवश्यक नपर्ने भएकोले पनि सहजै संचालन गर्न सकीने भएका कारण होजीयारी प्रति महिलाहरुको आकर्षण बढेको हो । मेहलधाराका होजीयारी समुहले दैनिक १५ देखि २० वटा स्वेटर,३५ देखि ४० वटा सम्म खादाहरु तयार गर्न सकिने गरेको छ । विस्तारै उत्पादन बढाउदै जाने र यस संगै हस्तकलाका सामानहरु उत्पादन गर्ने समुहकी अध्यक्ष भुनु कुमारी थापाले जानकारी दिनु भयो ।
समुहले स्वेटर प्रति पिस रु ३५०देखि माथी विक्री वितरण गर्दै आएको अध्यक्ष थापाले बताउनु हुन्छ । अडर अनुसारका स्कुल,क्याम्पसका स्वेटर,खादा, टोपी, मोजा लगायतका सामाग्रीहरु सुपथ मुल्यमा पाईने थापाले बताउनु भयो । तानसेन वडा नं.२ का महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि वडा कार्यलयले लक्षित वर्ग अन्तिर्गत विभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने र तालिम पश्चात उनीहरुलाई उद्यामी बनाउनको लागि विभिन्न प्राधिक सहयोग गर्दै आएको वडा अध्यक्ष महेश्वर श्रेष्ठले बताउनु भयो ।









