बैशाख ३, पाल्पा
लामो समय सम्म पानी पर्न नसक्दा खेत बारीमा लगाएका बालीहरु सुक्न थालेका छन् । लामो समय सम्मको खडेरीका कारण जिल्लामै मकै,गहुँ,जौ,केराउ,मसुरो लगायतका बाली उत्पादनमा निक्कै कमी हुने देखा परेको छ। विभिन्न ठाउँको खेत,बारीहरुमा लगाइएको हिउँदे बाली खडेरीका कारण सुक्न थालेपछि कृषक चिन्तित बनेका छन्। पाल्पाका अधिकांश कृषकहरुको खेतमा लगाईएको मकै,गहुँ,जौ,केराउ,मसुरो लगायतका बालीहरुसुक्दै जान थालेको छ।
आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका हुन्। जिल्लामा ५ हजार ९ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दश मलव ७ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा रहेको छ । धानको वियाड राख्ने बेला भैसक्दा सम्म पनि पानी नआए पछि किसानहरु मर्कामा परेका हुन् ।
यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको बगनासकाली १ का कृषक नारायण न्यौपानेले राष्ट्रिय न्युज सँगको कुराकानीमा गुनासो गर्नुभयो । सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ बाली समेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बाली सुक्न थालेको न्यौपानेको भनाइ छ। सिँचाइको सुविधा नभएको उक्त क्षेत्रमा हिउँदेबाली लगाएपनि पानी नपरेका कारण बाली सुक्न थालेको हो।
कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहुँदा सिँचाइ गर्न समस्या भएको देखिन्छ । खेती बारीकै भरमा जीविको पार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिए पछि चिन्तित बनेकाहुन् छन्।













