चैत्र ३०, पाल्पा
पाल्पाका मासु व्यवसायी समितिका अध्यक्षमा विनोद खाती चयन हुनु भएको छ । पाल्पाको पर्यटकिय स्थल श्रीनगर डाडाँमा बिहिवार भएको पाँचौ अधिवेशनबाट खातीलाई अध्यक्ष गराईको हो । मासु व्यवसायी समितिले उपाध्यक्षमा दुर्गा बहादुर पछाई चयन भएका छन । त्यस्तै सचिव सुधिर श्रेष्ठ र कोषाध्यक्ष हरि बहादुर रावल चयन भएका छन । सदस्यहरूमा देउरूपा राना,रूद्र गाहा,फारूव वार्सि,बिष्णु मश्राङ्गी,मोहन राना,रम्भा देबी शाही र डिल बहादुर राना सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दल बहादुर राजपुतले मासु व्यवसायी समिति पाल्पा जिल्लामा वि स २०६० सालमा स्थापना भई पाल्पामा समिति गठन पश्चात जिल्लामा रहेका मासु व्यवसायीहरूको हक हित र अधिकारका लागि काम गर्दै आएको बताउनु भयो । मासु व्यवसायी समिति पाल्पा जिल्ला स्तरीय भएता पनि जिल्ला भरिका सबै स्थानीय तहलाई अझै समेट्न नसकिएको हाल समितिले तानसेन नगरपालिका र थोरै पालिकाहरूलाई समेटेको बताउनु भयो । आगामी नयाँ कार्यसमितिले जिल्लाका १० वटै स्थानीय तहका मासु व्यवसायीलाई समेटि जिल्ला भरमा सङ्गठन विस्तार गर्ने गरि काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि मासु व्यवसायी समिति पाल्पाका संस्थापक अध्यक्ष रमेश राज बज्राचार्यले समिति गठनको शुरूवात पाल्पा उद्योग वाणिज्य संघमा १० रूपैयाँ पैसा उठाएर गरिएको बताउनु भयो । नयाँ कार्य समितिले आगामी दिनमा मासु व्यवसायीहरूलाई प्रशिक्षाणत्मक कार्यक्रम दिनुपर्ने आवश्यकता रहेको भन्दै जिल्लाका मासु व्यवसायीहरूलाई एकजुट बनाइ सहकारी अवधारणा अगाडि बढाउन आवश्यकता रहेको बताउनु भयो ।
सहकारीको माध्यमबाट मासु व्यवसायीहरूलाई आवश्यक बचत तथा ऋण सुविधा प्रदान गर्ने गरि सहकारीको अवधारणालाई अगाडि बढाई लगानी गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा मासु व्यवसायी समिति पाल्पाका कोषाध्यक्ष दुर्गा पछाईले ९ लाख २५ हजार ६ सय १ रूपैयाँ बराबरको आर्थिक आयव्याय विवरण प्रस्तुत गर्नुभएको थिए । कार्यक्रम मासु व्यवसायी समिति पाल्पाका अध्यक्ष भुपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।