नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० को ग्रान्ड फिनाले तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको हो । नेपाली गीत–संगीतकर्मीको सम्मान र संरक्षण गर्ने हाम्रो अभियान भन्ने नाराका साथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले अवार्ड नेप्को इन्टरटेन्मेन्ट प्रा।लिले पहिलो पटक कार्यक्रम आयोजना गरेको हो ।
गायक हरिगोपाल प्रधानले चन्द्र–सूर्य गीतबाट सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हात पारे । यस्तै सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड सूर्य क्रिएसन प्रा।लिका सूर्यबहादुर मगरले अवार्ड पाएका थिए । दसैँ–तिहार आउँदा भन्ने गीतबाट गायिका सबिना बुढामगरले सर्वोत्कृष्ट चाडपर्व गीततर्फको अवार्ड हात पारेकी थिईन् ।
त्यस्तै,धासी पूर्वेली तेर्सो भाका तर्फ गायक धनबहादुर दमाईंले सर्वोत्कृष्ट अवार्ड पाएका थिए । यस्तै,रोमबहादुर श्रेष्ठ सर्वोत्कृष्ट नवगायक र सर्वोत्कृष्ट नवमोडलको अवार्ड स्पेस लामिछानेले पाएका थिए। त्यस्तै,सर्वोत्कृष्ट महिला गायिकातर्फ कमला पोखरेलले पब्लिक च्वाइस र पुरुषतर्फ गायक दीपसागर थापाले हात पार्न सफल भए ।
त्यसैगरी,पप विधातर्फ सर्वोत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले जिते भने,गायक धु्रव खनालले राष्ट्रिय भावको विधामार्फत जुरी अवार्डसँगै आधुनिक गीतको सर्वोत्कृष्ट शब्दमार्फत अवार्ड हात पारे ।
यस्तै,आधुनिक गीततर्फको सर्वोत्कृष्ट म्युजिकको अवार्ड थाहा छैनगीतका लागि नीरज कुमारले हात पारे भने,धुनिक गीततर्फ स्मारिका ढकालले सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड हात पारेकी हुन् ।