चैत्र,२८
काडमाडौ,सरकारले इस्लाम धर्मावलम्बीहरुको ईद—उल फित्र (ईद) पर्वको अवसरमा भोलि चैत्र २९ सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी चैत्र २९ गते विदा दिने निर्णय गरीएको हो ।
सरकारले हरेक वर्षको ईद—उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।
यस वर्ष पनि चैत्र २९ गते विदा दिने भएको छ । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाई धुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदान प्रदान गर्ने परम्परा छ ।













