पाल्पा – जिल्लाकाे रम्भा गाउँपालिका-२, फाेक्सिङ्काेटमा बिहीबार दिउँशाे माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा रूकुम पू्र्वका ३५ वर्षीय रविन दमाइ रहनुभएकाे छ ।
दमाइ रम्भा गाउँपालिकाका प्राविधिक कर्मचारीसमेत रहनुभएकाे थियाे । उहाँ भुकम्प सम्बन्धी प्राविधिक कर्मचारी रहेकाे गाउँपालिकाले जनाएकाे छ ।
बिहीबार दिउँशाे साढे ३ बजेतिर फाेक्सिङ्काे सुरूमडाँडादेखि ताहुँ बजारतर्फ जाने क्रममा उहाँ माेटरसाइकल दुर्घटनामा पर्नुभएकाे रम्भा-२, फाेक्सिङ्काेटमा वडा सदस्य चेतबहादुर सुनारीले जानकारी दिनुभयाे । सडकदेखि दुइ सय मिटर तल खस्नुभएका दमाइकाे घटनास्थलमै मृत्यु भएकाे उहाँले जानकारी दिनुभयाे ।
लु ६७ प ४७८९ नम्बरको मोटर साईकल दुर्घटनामा परेकाे स्थानीय बासिन्दाले बताएका छन् ।













