पाल्पा — पाल्पा जिल्लाको रैनादेवी छहरामा एक जना पुरुष मृत फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका–२, दीग बस्ने ५८ वर्षिय नरबहादुर राना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रैनादेवी छहरा–२, स्थित आरीमगैरा ताङ्सिङ्गलदेखि सर्देवातर्फ जाने कच्ची सडकदेखि २५० मीटर तल बिहीबार दिउँशो राना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













